Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतीय राष्ट्रपति भवनमा प्रधानमन्त्री बालेन शाहलाई ‘गार्ड अफ अनर’

काठमाडौं । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहलाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा भारतीय सेनाले ‘गार्ड अफ अनर’ प्रदान गरेको छ।

आइतबार राष्ट्रपति भवन परिसरमा आयोजित विशेष समारोहमा भारतीय सेनाको एक टुकडीले प्रधानमन्त्री शाहलाई सम्मान गारत अर्पण गरेको हो। सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शाहलाई स्वागत गरेका थिए।

भारत भ्रमणका क्रममा आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले आजै विभिन्न उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय कार्यक्रममा सहभागी हुने कार्यतालिका छ।

कार्यक्रमअनुसार बिहान १०:४० बजे प्रधानमन्त्री शाह राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा पुष्पहार अर्पण गर्नेछन्। त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेछ।

बिहान ११:५० बजे दुवै देशका प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता हुनेछ। दिउँसो १२:३५ बजे विभिन्न विकास परियोजनाको भर्चुअल उद्घाटन, समझदारीपत्र तथा सम्झौताहरू आदानप्रदान र सञ्चारमाध्यमलाई संयुक्त सम्बोधन गर्ने कार्यक्रम छ।

त्यसपछि दिउँसो १:१५ बजे भारतीय प्रधानमन्त्री मोदीले आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन्। दिउँसो ३:१५ बजे राष्ट्रपति भवनमा भारतीय राष्ट्रपतिसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणका सबै औपचारिक कार्यक्रम सम्पन्न गरेपछि प्रधानमन्त्री शाह साँझ ४:५० बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन्। उनी साँझ ६:३५ बजे काठमाडौं आइपुग्ने कार्यतालिका रहेको छ।