Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भारतीय हैकमा विरुद्ध नेपालमा एकै स्वर

काठमाण्डौ, सार्वभौम स्वतन्त्र राष्ट्र नेपालले छिमेकी भारतद्धारा मिचिएको लिपुलेक क्षेत्रको आफ्नो भुभागलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि भारतीय पक्ष नेपालमाथि आक्रमक शैलीले प्रस्तुत हुन थालेको छ । नयाँ नक्सामा समेटिएका भुभागहरु २०१८ सालसम्म नेपाल सरकारको नियन्त्रणमा थिए भने त्यहाँको स्थितीलाई दुर्गम धरालत भएको फाइदाँ लिदै भारतीय पक्षले आफ्नो हस्तक्षेपको मौका ठान्यो । यतिखेर नेपाल र भारतका सन्चार क्षेत्र र राजनितीक कर्मीहरुमात्र होइनन् प्रसाशनिक पक्ष पनि आफ्नो तर्फबाट तर्क विर्तक गरी रहेका छन् ।
नेपालका नेतालाई भन्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जयजयकार गर्ने नेपालीहरुको भिड जुन बेला काठमाण्डौको सहरमा उर्लेको थियो । त्यसको महत्व र अर्थ २०७२ मा संविधान जारी भएपछि भारतीय पक्षले कुल्चीयो । आफ्नो देशको नक्सा प्रकाशन गर्न पनि नेपाललाई भारतको स्विकृती लिनु पर्ने थिएन। आफ्ना छिमेकी हरुसित राम्रो सम्बन्ध नराख्ने भारतले स्वतन्त्र मुलुक भनीएपनि भुटानलाई अधिनस्तमा राखेको सबैलाई थाहाँ छ । त्यही भारतबाट विभाजित वंगलादेश र पाकिस्तानले बेला बखत भारतीय हेपाहा प्रवृतिको प्रतिकार गर्दा हच्कीनु परेको अवस्था छ । सार्क क्षेत्रमा छिमेकीसंग दादागिरी देखाउने भारतका विरुद्ध सिमाको हस्तक्षेप प्रकरण अन्तराट्रियकरण गर्नु पर्ने अवस्था आउदै छ ।
नेपाली सार्वभौमीकताको रक्षाका लागी सिंगो देश एक भई रहेको अवस्थामा भारतीय शासक पक्षले नेपाली जमीन मिच्ने र नेपालीमाथि दमन गर्नुलाई आफ्नो लोकतन्त्रको पर्याबाची ठानेजस्तै त्यहाँको सन्चार क्षेत्रले पनि नेपाली माथि आक्रमण गर्न छाडेको छैन । व्यवहारिक रुपमा नेपालका गरिब र सुकुम्बासी भन्दाँ भारतको विहार ,कनार्टक, महजपुर जस्ता ठाउँमा भारतीय नागरिकहरुको पिडा प्रति त्यहाँका शासकहरुलाई चासो हुदैन । आरोप लगाउनुको पनि हद हुन्छ भारतीय सन्चार जगतले मदेशका बासिन्दा माथि कोरोना पठायो सम्म भन्न छाडेनन।् त्यती खेर प्रधानमन्त्री नरेन्द्र मोदी र उनकोपाटी कहाँ थियो ? अहिले नेपाल सरकार र भारत पक्षविच सिमा अतिक्रमण र नयाँ नक्सा प्रकाशनका सम्बन्धमा छलफल गर्ने स्थिती देखिदैन । प्रमाण नेपालसंग प्रसस्त छन् ।वृटिस कालिन नक्सा र १९५० को सन्धिले समेत भारतलाई बोल्ने बाटो दिएको छैन ।यस्तो स्थितीमा मोदीको शासनले कस्तो उपाए रचने होला ?