Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भीआईपी वस्तीमा रामेश्वरको दबदबा

काठमाडौं । ठूला पार्टीहरुको रजगज चलिरहेको काठमाडौं महानगरमा यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना उम्मेदवारहरुलाई जनताको घरदैलोमा खटाएको छ । वरिष्ठ कलाकार मदनदाश श्रेष्ठलाई काठमाडौंको मेयरमा उठाएको राप्रपाले उपमेयरमा विनिता मगौयालाई चुनावी मैदानमा उतारेको छ । त्यसो त राजादेखि रंकसम्मको बसोबास रहेको वडा नं. ३ मा भने पण्डित रामेश्वर पौडेललाई अध्यक्ष पदमा उठाएको छ । आफ्नै धर्म संस्कृतिमा विताएका पौडेलले सो वडामा २०४९ सालको निर्वाचनमा पनि राप्रपाका लागि वडाध्यक्ष पदमा ५०० मत खसाएको बताउँछन् । ०३६ सालमै सो वडाबाट नसस भएका पौडेल उच्च विचार र जनपक्षीय भावनाबाट प्रस्तुत हुने कार्यकर्ताका रुपमा राप्रपाभित्र चिनिन्छन् । यस पटक १० हजार मतदाता रहेको कामनपा वडा नं. ३ मा राप्रपाबाट रामेश्वर पौडेल, समाजवादीबाट दिपक केसी, एमालेबाट प्रेम थापा र नेपाली काँग्रेसबाट राजेश अधिकारी मैदानमा उत्रिएका छन् । सो वडामा १० हजार मतमध्ये ६ हजार मत खस्ने अनुमान गरिएको छ । ठूला बडाहरुको वस्ति भएका कारण केही मतदाताहरु विदेशमा र भएका पनि मतदानमा चासो नभएका कारण आफ्नो पक्ष बलियो भएको पौडेलको दाबी छ । त्यहाँ काँग्रसका उम्मेदवार राजेश अधिकारी आन्तरिक रुपमै कमजोर छन् भने यसभन्दा अघि वडाध्यक्षमा विजयी भएका दिपक केसी नेकपा एमालेबाट एकीकृ समाजवादीमा गएर वडाध्यक्ष पदमै उम्मेदवार हुँदा एमालेका उम्मेदवार प्रेम थापालाई संकट पैदा नहोला भन्न सकिँदैन । वडासँग जोडिएका १३ सूत्रीय एजेन्डा र जनतासँग सरोकार राख्ने जनपक्षीय अवधारणा प्रस्तुत गरेका उम्मेदवार पौडेलले आफ्नो जित सहज हुनुको कारण आफ्नो व्यक्तिगत मत ५०० भन्दा बढी हुनु र राप्रपाको पक्षमा देशव्यापी जनलहर आउनुलाई मानेका छन् । उनले आफूले निर्वाचन जितेमा सर्वदलीय समितिको सिफारिशअनुसार सडक, ढल, बत्ती, पानी जस्ता जनसरोकारका विषयलाई महत्व दिने घोषणा गरेका छन् ।