Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भीम उपाध्यायकी पत्नी लौरो पार्टीको समानुपातिक सूचीमा

काठमाडौं । लौरो अभियानका रूपमा परिचित हाम्रो नेपाली पार्टीको समानुपातिक सूचीको शीर्षस्थानमा ‘भाइरलमेन’ भीम उपाध्यायकी पत्नी ललिता शर्मा लामिछाने (उपाध्याय) समेटिएकी छन् । स्थानीय तह चुनावका बेला काठमाडौं महानगरपालिकामा बालेन शाहको प्रचार गरेका पूर्व सचिव उपाध्यायले आम चुनावमा भने लौरो चिन्हबाट श्रीमतीलाई समानुपातिकमा सुरक्षित गरेका छन् । सुमन सायमी समेत सम्मिलित हाम्रो नेपाली पार्टीले देशभर लौरो चिन्हबाट चुनावमा भाग लिएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा आँखीझ्याल चिन्ह लिएर करिब १४ हजार मत पाएका सायमी यस पटक काठमाडौं ८ बाट प्रतिनिधि सभाको उम्मेदवार छन् । सायमीकै टिमबाट उपमेयर उम्मेदवार बनेकी विद्या श्रेष्ठ (महर्जन) लौरो पार्टीको समानुपातिक सूचीको पहिलो नम्बरमा परेकी छन् भने भीम उपाध्यायकी पत्नी दोस्रो र अनन्तराज घिमिरे तेस्रो नम्बरमा छन् । समानुपातिक सूचीको शीर्षस्थानमा रहेका घिमिरे केही महिनाअघि लुम्बिनी विकास प्राधिकरणबाट राजीनामा दिएर हिँडेका व्यक्ति हुन् । मुख्यमन्त्री कुलप्रसाद केसीले अनुचित दबाब दिएर गैरकानूनी काम गर्न लगाएपछि उनी राजीनामा दिएर हिँडेका थिए । पूर्व सचिव उपाध्याय सामाजिक सञ्जालमा अप्रमाणित तथा घृणा फैलाउने सामग्री पोष्ट गरेका कारण पटकपटक विवादमा पर्ने गरेका छन् । उनलाई एक पटक साइबर ब्युरोले पक्राउ समेत गरेको थियो । यद्यपि उनका फलोअर्स धेरै भएका कारण चुनाव लड्नेहरू भीम उपाध्यायमार्फत आफ्नो प्रचार गराउन समेत चाहन्छन् । गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको उपप्रमुखमा उम्मेदवारी दिएकी विद्या श्रेष्ठले महर्जनले निर्वाचन आयोगले तोकेको साढे ७ लाख जरिवाना तिरेकी थिइन् । विद्याले असोज २३ गते साढे ७ लाख जरिवाना बुझाएको निर्वाचन आयोगको रेकर्डमा उल्लेख छ । तोकिएको समय १ महिना भित्र निर्वाचन खर्च विवरण पेश नगरेका विद्यासहित १ लाख २३ हजार भन्दा बढी स्थानीय तहका उम्मेदवारलाई कम्तीमा डेढ लाखदेखि बढीमा साढे ७ लाखसम्म जरिवाना तिराउने निर्णय गरेको थियो । काठमाडौं ८ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका सायमीले पनि निर्वाचन आयोगले तोकेको साढे ७ लाख जरिवाना तिरिसकेका छन् । सायमीले असोज २३ गते साढे ७ लाख जरिवाना बुझाएको निर्वाचन आयोगको रेकर्डमा उल्लेख छ ।