Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भूकम्प प्रभावित क्षेत्रमा पुनः निर्माण गर्न भारतले १० अर्ब अनुदान दिने

काठमाडौं । भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रूपैयाँ अनुदान सहयोग दिने भएको छ। बिहीबार परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको उपस्थितिमा दुई देशबीच भएको ऊर्जा व्यापार सम्झौताअनुरूप भारतले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि १० अर्ब रूपैयाँ अनुदान दिने भएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपालको भूकम्प प्रभावित क्षेत्रको पुनः निर्माणका लागि भारतले १० अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने जानकारी दिए। उनले दुई देशका ऊर्जा सचिवबीचमा भारतले नेपालबाट १० वर्षमा १० हजार मेगावाटसम्म विद्युत आयात गर्ने सम्झौता भएको पनि बताए। त्यस्तै नेपाल एकेडमी अफ साइन्स एन्ड टेक्जोलोजी र न्यु स्पेस इन्डिया लिमिटेडबीच नेपालले बनाएको म्यानुअल स्याटलाइट प्रक्षेपण गर्न भारतले सहयोग गर्ने सहमति पनि भएको छ। त्यसैगरी काठमाडौंस्थित भारतीय दूतावासले अब एउटै परियोजनामा २० करोड रूपैयाँसम्म सोझै लगानी गर्नसक्ने पनि सहमति भएको उनले बताए। नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले १३२ केभी क्षमताको तीनवटा प्रसारण लाइनको उदघाटन भएको बताए। उनले रक्सौल–परवानीपुरको सेकेन्ड सर्किट र कुसाहा–कटैया सेकेन्ड सर्किट लाइन उदघाटन भएको जानकारी दिए। ट्रान्समिसन लाइनका सम्बन्धमा शुक्रबार चितवनमा ऊर्जा सचिव तहको बैठक बस्ने उनले बताए।


सम्बन्धित समाचार