Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले चैत्र २३ गतेदेखि २७ गतेसम्म आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले १० करोड ८८ लाख १० हजार ७ सय रुपियाँ बराबरको १० लाख ८८ हजार १ सय ७ कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।
एक लाख ८ हजार ८ सय ११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ७१ हजार ९ सय १६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी १३ लाख ४६ हजार ९ सय ९३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ । उक्त आईपीओ एक लाख ३४ हजार ६ सय ८८ जनाले १०–१० कित्ता र ३ जनाले ११–११ कित्ता पाउने बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले दैलेखमा ३.७५ मेगावाटको द्वारी खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी बिद्युत उत्पादन गरिरहेको जनाएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल