Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भूमाफियाको चलखेलपछि जग्गा कित्ताकाट खुल्यो

काठमाडौं । भूमाफियाको चलखेलपछि सरकारले जग्गा कित्ताकाट खुला गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट खुला गरेको निर्णयसहितको पत्र भूमि व्यवस्था तथा अभिलेख विभागमा पठाएको हो । यही भदौ १८ गतेको मन्त्रीस्तरीय निर्णयबाट जग्गा कित्ताकाट खुला गरिएको हो । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था तथा अभिलेख विभागमा पत्र पठाइसकेको छ । विभागका महानिर्देशक शेष नारायण पौडेलले पत्र आजै प्राप्त भएको जानकारी दिएका छन् । मन्त्रालयको पत्र प्राप्त भएसँगै अब मालपोत कार्यालयलाई सर्कुलर जारी गर्ने तयारी गरेको पौडेलले बताए । यसअघि २०७४ सालमा तत्कालिन भूमि वयवस्था मन्त्री गोपाल दहितले कृषियोग्य जमिन खण्डीकरण गर्न रोको थिए । बर्तमान सरकारले कृषियोग्य जग्गाको खण्डीकरण अहिले खुला गरेको छ । जग्गा कित्ताकाट नखुल्दा रातारात लाखौं खर्चेर कित्ता टुक्य्राउनु पर्ने झन्झटमा भूमाफियाहरु परेका थिए । सोही गाह्रोसाह्रो फुकाउन माफियाहरुले ठूलै चलखेल गरेको स्रोतको दाबी छ ।