Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भूवनको फेरिएको गेटअप

नायक भूवन केसीले चलचित्र ‘मिस्टर नेपाली’मा खलनायकको रुपमा काम गरे । तर, यो चलचित्रमा उनको भूमिकालाई लिएर दर्शकले कुनै चासो देखाएनन् । उनी, यो चलचित्रको पत्रकार सम्मेलनमा फरक गेटअपसहित प्रस्तुत भएका थिए ।सो समयमा भूवनले चलचित्र ‘एन्टी हिरो’मा आफू खलनायकको रुपमा देखिन लागेकाले गेटअप परिवर्तन गरेको बताएका थिए । तर, अब यो चलचित्र बन्ने वा नबन्ने कुनै टुंगो छैन । भूवन केसीकै होम प्रोडक्शनको रुपमा बन्ने यो चलचित्रमा नायक अनमोल केसीको मुख्य भूमिका रहने बताइएको थियो । तर, नायक भूवन केसीले यसपछि २ वटा चलचित्र निर्माणको घोषणा गरिसकेका छन् ।