Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलिदेखि उपत्यकामा २५ सिट माथिका बस चल्न दिने निर्णय सानालाई छैन् मौका

काठमाण्डौ सरकारले अहिलेको परिस्थितिलाइ ध्यान दिदै जारी निषेधाज्ञा खुकुलो पार्दै भोलिदेखि काठमाडौं उपत्यमा २५ सिट माथिका सार्वजनिक बस चल्न दिने निर्णय गरेको छ ।
सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो ।
जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिएका छन् । ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर राख्ने तथा सिटमा यात्रुको दूरी राख्नुपर्ने जस्ता मापदण्ड तोकिएको छ । यो निणर्यले सर्बसाधारण जनतालाई राहात पुग्नेछ