Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भोलि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । महाधिवेशनको मिति नजिकिए पनि कोरोनाले प्रभावित बनाएको बेला नेपाली कांग्रेसको आगामी मंगलबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले १६ गते १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा छलफल भएको थियो ।
कोरोनाका कारण रोकिएको सदस्यता वितरण, नवीकरण लगायतका कामहरुलाई कसरी व्यवस्थित बनाउदै लैजाने भन्ने विषयमा समेत छलफल भएको थियो । क्रियाशील सदस्यता वितरण, स्थानीय तहको अधिवेशन कोरोनाका कारण प्रभावित बनेको छ । आगामी फागुनमै महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भएको थियो । कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति यस अघि नै तोकिसकेको छ ।