Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

भ्रमण वर्षलाई राष्ट्र बैङ्कको साथ

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विदेशी मुद्रा सटहीका लागि बैङ्क तथा वित्तीय संस्थालाई छुट्टै काउन्टर खोल्न दिने व्यवस्था गरेको छ । राष्ट्र बैङ्कले भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै प्रमुख पर्यटकीय स्थलहरूमा काउन्टर खोल्न दिने व्यवस्था गरेको हो । राष्ट्र बैङ्कले चालू वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै काउन्टरमा सहजीकरण गरिदिएको हो । राष्ट्र बैङ्कले अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र बैङ्क दरलाई यथावत् राखेको छ । यसै गरी बैङ्किङ क्षेत्रको तरलता व्यवस्थापनलाई प्रभावकारी बनाउन अन्तरनिकाय समन्वयमा जोड दिने भएको छ । मुलुकभित्र रोजगारी सिर्जना र उद्यमशीलता विकासका माध्यमबाट आन्तरिक उत्पादन अभिवृद्धि गर्न बैङ्क तथा वित्तीय संस्थाहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्न थप प्रोत्साहित गर्ने नीति राष्ट्र बैङ्कले लिएको छ । यसै गरी ७ सय ५३ मध्ये बैङ्कको शाखा नपुगेका स्थानमा शाखा खोल्ने नीति पनि राष्ट्र बैङ्कको छ । अरू १२ स्थानीय तहमा शाखा खोल्न बाँकी छ ।