Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपालीको बचत सन् २०१७ पछि लगातार दुई वर्ष घटेको थियो । स्विस नेसनल बैंकले सार्वजनिक गरेको विवरणअनुसार सन् २०१७ सम्म नेपालीको बचत ४१ अर्ब ७३ करोड ९२ लाख २३ हजार २०५ रुपैयाँ हालको विनिमय दर अनुसार थियो । २०१८ मा ३२ अर्ब १६ करोड ५ लाख ८७ हजार ८ सय ४८ रुपैयाँमा झर्यो । २०१९ मा अझ घटेर २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८ सय १० रुपैयाँमा पुग्यो । २०२० मा भने दोब्बर भएको हो । यो रकम ब्याजसहितको हो ।स्विस नेसनल बैंकले नेपालसहित विश्वभरका नागरिकको के कति मौज्दात छ भनेर सन् १९९६ वि।सं। २०५२० देखिको विवरण सार्वजनिक गरेको छ । द्वन्द्व सुरु भएकै वर्ष १९९६ देखि २०२० सम्म नेपालीले ६६ अर्ब १९ करोड २६ लाख रुपैयाँ ९हालको विनिमय दर अनुसार जम्मा गरिसकेको देखिन्छ । तर हालको मौज्दात त्यति नहुनुले नेपालीले बचत राख्ने र झिक्ने गरिरहेको देखाउँछ ।स्विस बैकमा बचत गर्दा आयस्रोत खोजिँदैन र बचतकर्ताको विवरण गोप्य रहन्छ । त्यसैले स्विस बैंकलाई गैरकानुनी आर्जन राख्न सुरक्षित भनेर विश्वभर नै चिनिन्छ । नेपालको सन्दर्भमा स्विस बैंकमा बचत मुख्य दुई दृष्टिकोणले गैरकानुनी रहेकाले यसबारे सरकारले गम्भीर अुनुसन्धान गर्नुपर्ने अधिकारीहरू बताउँछन् । पहिलो– पारदर्शिता कमजोर भएको स्विस बैंकमा बचत गर्नु नै सम्पत्ति शुद्धीकरणको शंका गर्दै अनुसन्धान कार्य अगाडि बढाउनुपर्छ । दोस्रो– विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१ मा नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, कम्पनी तथा फर्ममा लगानी गर्न नपाउने व्यवस्था छ । यसविपरीत कार्य गरे बिगोबमोजिमको जरिवाना, ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था छ । ‘नेपालीले स्विस बैंकमा मौज्दात र विदेशमा लगानी गरेको विवरण सार्वजनिक हुनुले हाम्रो आर्थिक नीति उल्लंघन भएको पुष्टि गर्छ, पूर्वअर्थसचिव शान्तराज सुवेदीले भने, ‘यस्ता विवरण धेरैपटक सार्वजनिक भए पनि लामो समयदेखि आँखा चिम्लिएकै अवस्था छ । सम्पत्ति शुद्धीकरणको मामिलामा काम गर्ने फाइनान्सियल एक्सन टास्क फोर्स एफएटीएफ र एसिया प्रशान्त क्षेत्र समूह एपीजी जस्ता अन्तर्राष्ट्रिय संगठनहरूको सदस्य राष्ट्र भएपछि नेपालको हैसियत सुधार भएको सुवेदीले बताए । ‘सदस्य राष्ट्र भइसकेको नाताले उसको नेटवर्कभित्र रहेर हामी अनुसन्धान अगाडि बढाउन सक्छौं,’ उनले भने, ‘त्यसो गरेनौं र यस्ता समाचार आइरहे भने उसले सदस्य राष्ट्रबारे गर्ने मूल्यांकनका क्रममा हामीलाई नै अप्ठेरो पर्छ । नेपालमा सम्पत्ति शुद्धीकरणविरुद्ध केकति काम भइरहेको छ भन्ने बारेमा यी अन्तर्राष्ट्रिय संस्थाहरूले आगामी वर्ष मूल्यांकन गर्दै छन् । यसमा खासगरी संस्थागत र कानुनी संयन्त्र तयार भएको तर कार्यान्वयनको पाटोमा एकदमै कमजोर देखिएको सरकारकै अध्ययन प्रतिवेदनहरूले औंल्याइसकेका छन् । ‘त्यसकारण अब हामीले मौनता साध्न हुँदैन । यसमा खासगरी राष्ट्र बैंकको वित्तीय जानकारी इकाई एफआईयू र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रभावकारी उपस्थिति जनाउनुपर्छ, सुवेदीले भने । हालसम्म स्विस बैंकमा रकम जम्मा गरेकामध्ये तीन जना नेपालीको नाम मात्रै सार्वजनिक भएको छ । सन् २०१९ जनवरीमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘द इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट्स’ आईसीआईजे र नेपालस्थित खोज पत्रकारिता केन्द्र खोपके ले सार्वजनिक गरेको विवरणअनुसार स्विस बैंकले बचतकर्तामा लन्डनमा बस्दै आएकी नेपाली नागरिक मिनु शाह छिब्बर र उनका दुई छोरा पनि हुन् । बानेश्वरस्थित गंगादेवी टोलमा घर ठेगाना उल्लेख गरेर स्विस बैंकमा उनीहरूले पैसा जम्मा गरेका हुन् । मिनुको स्थायी ठेगाना ललितपुरको कुपण्डोल हो, जहाँ उनको ‘छिब्बर निवास’ नै छ । मिनु र उनका दुवै छोराले सन् २००६र०७ मा ७८ लाख ५० हजार ९ सय ९१ का दरले २ अर्ब ६१ करोड ४३ लाख ८० हजार रुपैयाँ बचत गरेको विवरण सार्वजनिक भएको थियो । यी नाम र अन्य विवरण पटक–पटक सार्वजनिक भए पनि यसबारे अनुसन्धान गर्नुपर्ने नेपालका निकाय बेखबरजस्तै छन् ।
२०८३ जेष्ठ ३१
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल
२०८३ जेष्ठ ३१
ताजा नेपाल