Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मकर जितुमायाको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरले चैत १९ गते आइतबारदेखि निष्काशन खुला गरेको आईपीओ गर्ने आज २२ गते बुधबार अन्तिम दिन हो । आज कार्यालय समय भित्र आईपीओ भर्न पाइने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले २२ करोड ८० लाख रुपियाँ बराबरको २२ लाख ८० हजार कित्ता आइपीओ बिक्री गर्न लागेको हो ।
कूल निष्काशन मध्ये ८० हजार कित्ता सामूहिक लगानी कोष र ३२ लाख २८ हजार कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १३ लाख ३७ हजार ३ सय २ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।
सर्वसाधारणका लागि छुट्याइएको आईपीओ एक लाख ३३ हजार ७ सय २८ जनाले १०(१० कित्ता र २ जनाले ११,११ कित्ता पाउने छन् ।
कम्पनीले दोलखामा ६.४ मेगावाटको सुरिखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी व्यवसायिक उत्पादन गरिरहेको छ भने ७ मेगावाटको माथिल्लो सुरिखोला जलविद्युत आयोजना निर्माण सम्पन्न हुने चरणमा छ ।