Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मजदुर समूहबीचको झडपमा एक जनाको मृत्यु

रूपन्देही । सोमबार राती रुपन्देहीको तिलोत्तमामा दुई मजदुर समूहबीच विवादपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ, भने तीन जना गम्भीर घाइते भएका छन् । मदिरा सेवन गरी मजदुरहरू धारिलो हतियारसहित आपसी झडपमा उत्रिएका थिए । तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केरवानीमा मजदुरी काम गर्दै आएका दुई पक्षबीच सोमबार राति झडप भएको हो । झडपका क्रममा हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए । उनको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो । झडपका क्रममा घाइते हुनेहरूमा काठमाडौं महानगरपालिका–१ बस्ने विकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको अवस्था गम्भीर रहेको बताइएको छ । झडपमा संलग्न १३ जना मजदुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक थापाले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।  स्थानीयले मकवानपुरे र नुवाकोटे समूहका नाममा झडप भएको बताए पनि प्रहरीले भने यसबारेमा केही उल्लेख गरेको छैन ।


सम्बन्धित समाचार

सरकारप्रति डा. शेखर असन्तुष्ट

२०८१ मंसिर ११

ताजा नेपाल

एनपीएलका लागि टिकटको मूल्य कति पर्छ

२०८१ मंसिर ११

ताजा नेपाल