Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मदिरा सहित चौरसिया पक्राउ

पर्सा । बीरगंज महानगरपालिका(१६ बस्ने रामपुकार चौरसियालाई बीरगंज महानगरपालिका(१६ भन्सार कार्यालय पछाडिबाट अवैध रुपमा भारततर्फ लैजाँदै गरेको ३ कार्टुनमा रहेको ९० बोतल रक्सी सहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी पर्सागढी नगरपालिका(४ भेडाबाट बीरगंज महानगरपालिका(३२ बस्ने ३० वर्षीय नारायण राम र सोही ठाउँ बस्ने २० वर्षीय राजन महरालाई अवैध रुपमा भारततर्फ लैजाँदै गरेको ३५ लिटर घरेलु मदिरा सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड(१९० को महामारी नियन्त्रणको लागि नेपाल सरकारको लकडाउनको निर्णयलाई अवज्ञा गरी अवैध रुपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा उक्त मदिरा सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय बीरगंजमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


सम्बन्धित समाचार