Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मध्यराति लागूऔषध सहित पक्राउ

काठमाडौं । नवलपरासी पूर्व, कावासोती नगरपालिका(८ खरकट्टा जंगलस्थित राजमार्गबाट नियन्त्रित लागूऔषध नुर्फिन १ सय ४३ एम्पुल, फेनरागन १ सय ४३ एम्पुल र डाइजेपाम १ सय ४३ एम्पुल सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका(११ बस्ने ३३ वर्षीय सन्तोष खड्का र सोही ठाउँ बस्ने २४ वर्षीय सरोज सिंखडा रहेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना।९ प ९४२७ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुको साथमा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका(१२ चापापानी बस्ने २७ वर्षीय नबराज गुरुङ र सोही ठाउँ भद्रकाली बस्ने २४ वर्षीय पुकार गुरुङलाई नियन्त्रित लागूऔषध डाईजेपाम ६ एम्पुल, फेनरागन ६ एम्पुल, नुर्फिन ६ एम्पुल, नगद १४ हजार ५ सय ५० रुपैयाँ र मोबाइल १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले सोही महानगरपालिका चाउथेस्थित धुब्रतारा होटलको कोठामा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार

घरैबाट पक्राउ परे दुर्गा प्रसाईं

२०८१ आश्विन ६

ताजा नेपाल

ओली र मोदी आज भेट्दै

२०८१ आश्विन ६

ताजा नेपाल