Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रिपरिषद्मा खासै निर्णय भएन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट बालुवाटार फर्केपछि पहिलो पटको बसेको मन्त्रिपरिषद बैठक खास महत्वपूर्ण निर्णयविना नै सम्पन्न भएको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकमा महत्वपूर्ण छलफल र ठोस निचोडको आशा धेरै मन्त्रीले गरेको भए पनि प्रधानमन्त्री ओली भने पुरानै ठट्यौली पारामै प्रस्तुत भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
उनले भने, प्रधानमन्त्री ओली बिरामीबाट भर्खर तँग्रेका कारण मलिन होलान् भन्ने पनि हामीलाई लागेको थियो, तर ओली भने क्याविनेटमा पनि ठट्यौली लवजमै प्रस्तुत हुनुभयो । उनका अनुसार बैठक झण्डै ४ घण्टा चलेको थियो । बैठकमा २७ वटा विभिन्न झिनामसिना मन्त्रालयका प्रस्ताव मुख्य सचिवले पढेर सुनाए । मन्त्रीहरुले खासै ध्यान दिएर सुन्दा पनि सुनेनन् । खासै महत्वका साथ हेरिनु पर्ने खालका प्रस्ताव पनि थिएनन् ।
बैठकमा प्रधानमन्त्री ओलीको ठट्टाले सरकारलाई कालापानीको मुद्दाले नछोएको सहजै बुझ्न सकिएको उनले बताए । प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्य अवस्थाका विषयमा पनि ठट्यौली पारामै प्रस्तुत भएको उनले जनाए । प्रधानमन्त्री ओलीको भनाइलाई उद्धृत गर्दै उनले भने, अस्पतालमा आन्द्राभुँडी सबै सफा गरेर आएको छु, पेटमा फोहर बॉकी छैन, अब त‌ँग्रिएँ ।
त्यस्तै भारतसँगको सीमा विवादका सन्दर्भका केही महत्वपूर्ण विषय उठ्ने आम अपेक्षा अनुरुप ओली एकपटक गम्भीर भए झैँ प्रस्तुत भए पनि पुनः ठट्यौली रुपमै प्रस्तुत भएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले ठट्यौली पारामा भनेको थिए, हामी पनि दिल्लीसहितको नक्सा हाम्रो तिर पारेर जारी गरौं न । हासो र ठट्टामै बितेको बैठकका बारेमा ती मन्त्रीले भने, ‘ओलीजीमा आफ्नै स्वास्थ्यको पनि चिन्ता देखिनँ मुलुकउपर पनि त्यस्तो गम्भीरता मैले पाइनँ । सायद ओलीलाई ज्यानले साथ दिनुको राज पनि यही हॉसो र ठट्टा पनि हो कि !


सम्बन्धित समाचार