Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन् । जनमत पार्टी सरकारमा सहभागी हुने भएपछि प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद हेरफेर गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले आज जनमत पार्टीकी सांसद अनितादेवी साहलाई मन्त्रीमा नियुक्त गर्ने बताइएको छ । जनमतले साहको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरिसकेको छ । तर कुन मन्त्रालय दिने भन्ने तय भएको छ । २५ सदस्यीय मन्त्रिपरिषद् अहिले पूर्ण रहेकाले माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी साहलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री प्रचण्डको योजना छ ।
सत्तारुढ गठबन्धनका दलबीच प्रधानमन्त्रीकै पार्टी नेकपा माओवादी केन्द्रको कोटामा जनमतबाट मन्त्री बनाउने सहमति असार अन्तिम साता नै भएको छ। यसैले साहलाई मन्त्री बनाउन माओवादीले आफ्नो एउटा मन्त्रीलाई फिर्ता बोलाउनुपर्नेछ। बालुवाटार स्रोतका अनुसार संघीय मामिलामन्त्री अमनलाल मोदी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीमध्ये एकलाई हटाउने तयारी छ। हाल माओवादी केन्द्रबाट सरकारमा ६ मन्त्री र एक राज्यमन्त्री छन्।
मोदी र किराती दुवैको कार्यशैलीप्रति प्रधानमन्त्री प्रचण्ड सन्तुष्ट छैनन्। मोदीले आफूलाई मन्त्री नदिए पार्टी छाड्ने धम्की दिएर पद हात पारेका थिए। उनलाई कर्मचारी सरुवामा आर्थिक चलखेल गर्ने गरेको आरोप लागेको छ। उता मन्त्री किरातीले पनि कामभन्दा हल्ला बढी गरेको निष्कर्ष बालुवाटारको छ। तर मोदीजसरी आर्थिक चलखेलमा किराती मुछिएका छैनन्।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल