Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मन्त्री हुनु भनेको कमाउन हो । सम्पत्ति जोड्न मन सबैलाई हुन्छ । त्यही कारण ठूलो बजेटमा नजर सबैको पर्छ । अर्थ, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा र ऊर्जा मात्र होइनन् शहरी विकास, कृषि, वन र गृहको कुरा उस्तै हो । पर्यटन मन्त्रालय समेत मन्त्रीकै आचरणले चर्चामा आउँछ । नेपाली युवालाई नेपालमै ठग्ने र चुस्ने मानव तस्करहरूले श्रममन्त्रीलाई च्यापेर लुटिरहेकै छन् । तर यस पटक प्रसंग जोडिएको भौतिक पूर्वाधा मन्त्रालय र पूर्व पञ्च हुँदै जसपाको नेता बन्न पुगेकी मन्त्री रेणु यादवको हो । धनाढ्य बाबुकी पुत्री रेणु यादव पञ्चायतमा पञ्चै भए पनि लोकप्रिय थिइन् ।
समाचारस्रोतकाअनुसार मन्त्री यादवले ज्योति निर्माण सेवाका मालिक राजकिशोर यादवको साथमा सडक डिभिजनहरू र आयोजनाहरूबाट रकम उठाउँदैछन् । त्यहाँ रघुवीर महासेठ मन्त्री हुँदा त्यस्तै आतंक थियो । माओवादी मन्त्री हुँदा शारदा अधिकारी, काँग्रेसका मन्त्री बन्दा रमेश शर्मा र जिपिछिरिङ शेर्पा, बहादुरसिंह तामाङ, एमालेका मत्री बन्दा जनार्दन आचार्य पार्वत गुरुङ, इच्छाराज तामाङ जस्ता ठेकेदार भौतिक मन्त्रालयका चालक बन्छन् । वसन्त नेम्वाङ मन्त्री बन्दा त्यति आतंक थिएन । अहिले क्षेत्रीय दल जसपाकी रेणु यादव मन्त्री छन् । सचिवमा रविन्द्रनाथ श्रेष्ठ जस्ता भेष बदल्न सक्ने क्षमताका छन् । अझ त्यहाँ शहरी विकासबाट रमेश सिंह आए भने भौतिक मन्त्रालय भ्रष्टाचारीहरूको थलो हुनेछ । सडक विभागका डिजी अर्जुनजंग थापा काँग्रेस हुन् । उनलाई विभागका सुई र डिईको सरुवा गर्ने अधिकार भए पनि मन्त्रीको नाममा सचिवले हस्तक्षेप गरेका छन्, सचिव रविन्द्र पनि सडक विभागमा बसेर आएका हुन् । विभागमै उनी बदनाम र असक्षम थिए । प्राविधिक सहसचिव केशव शर्मा त्यहीं छन् ।
शर्माको कार्यकालका सडक मन्त्री बसन्त नेम्वाङ पनि विकास प्रेमी थिए । मन्त्रीको इच्छा पूरा गर्नु इमान्दार कर्मचारीको पनि दायित्व थियो । शर्मालाई मन्त्रीले धेरैतिर दौडाए । तर अहिले बाढीले बगाएका सडक पुर्न निर्माण सम्पन्न गर्नु भन्दा आयोजनाहरूमा खटाइएका प्रमुखहरूले ठेकेदारसँगको सम्बन्ध बढाउन जरुरी छ । मन्त्रालयसँग भन्दा ज्योति निर्माण सेवाका मालिक राजकिशोर यादवसँग बढी देखिनु पर्ने बाध्यता तिनलाई छ । यो लोकतन्त्र हो । त्यसमा पनि मधेशका मन्त्री र ठेकेदार चम्कनु नौलो होइन । एकचरण कार्यालय प्रमुखहरू खटाइसकेको विभागले अब सुई र डिइहरूले मन्त्रीलाई बिटो बुझाए त्यही रहने नत्र जगेडामा थन्किनुपर्ने अवस्थाको सिर्जना गरिँदै छ । रु १ अर्ब भन्दा बढी बजेट भएका प्रोजेक्टमा रेणुको ध्यान गएको छ । सेनाले बनाउँदै गरेको फास्ट ट्य्राकमा ८९ अर्ब ३१ करोड लगानी छ । त्यहाँ मन्त्री यादव र ठेकेदारको नजर पुग्न सक्दैन । किनकि सेना रक्षासँग जोडिन्छ । ईश्वरपोखरेल सेनासँग मिल्न नसक्दा उपप्रम तथा रक्षा मन्त्रालयबाट विना विभागीयमा थान्को लागेको घटना रेणूले बुझेकी छन् । रघुवीरले सताएका सुई र डिइहरू अहिले पनि पेलिँदैछन् ।
कहाँ कति छ बजेट ?
सडक विभागले रु ६ अर्ब ७३ करोडको बजेट खेलाउँछ । प्रदेश तहका ३१ डिभिजनले रु ५ अर्ब ८१ करोड ४० लाख हेभि इक्विपमेन्टले रु ४ अर्ब ८१ करोड २० लाख, प्रदेश राधजानी जोड्ने राजमार्ग लुम्बिनी कर्णाली रु ७० अर्व, अरुण कोरीडोर र बुटवल लिंकरोड रु १ अर्ब ८० करोड, सगरमाथा राजमार्ग रु २ अर्ब ५९ करोड ७० लाख, बीपी राजमार्ग धुलिखेल बर्दिबास सडक रु ९ अर्ब १७ करोड, महाकाली करिडोर रु १० अर्ब ३० करोड, कान्ति राजपथ ३ अर्ब ११ करोड ८० लाख र गंगटे समुद्रटार रु ४० करोड छुट्याएको छ । मन्त्री यादवका ठेकेदारले यही बजेट हेरेर आयोजना प्रमुखहरू र ठेकेदारसँग धम्क्याउने र झार्ने गर्छन् । त्यसो त मदन भण्डारी राजमार्गको बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम जोड्न रु ३१ अर्ब, ९६ करोड ८० लाख छुट्याइएको छ । त्यहाँ सडक विभागभित्रै डनको रुपमा लिइने अशोक तिवारी प्रमुख छन् । सडकमा ठूलो बजेट भएका प्रोजेक्टमा तिवारीको सरुवा हुनु नौलो होइन । उनलाई जस्तो देश त्यस्तै भेषमा उत्रन सक्ने इञ्जिनियर भनिन्छ ।
नेपाली पत्रकारीता क्षेत्रका केही मुर्धन्य व्यक्तित्वहरूले सडकमा ड्युटी दिने भएकाले यीनले मात्र होइन ड्राइभर र चौकीदारले समेत मा…मु भन्ने गर्छन् । त्यो शब्दका पारखी अशोक तिवारी हुन् । मैलुङ स्याप्रुवेशी रसुवागढी आयोजनामा भने मुकुन्द अधिकारी छन् । उनको योजनामा रु १६ अर्ब २१ करोड ७० लाख बजेट छ । हिजो इञ्जिनियर बेलबहादुर भुजेलले कमाण्ड गरेको सडक सुधार आयोजनाले रु १ खर्ब १८ अर्ब ६३ करोड ४० लाख बजेट पाएको छ । राज्यकोषबाट लगानी भएका सडकहरू गुणस्तर नहुनुको कारण मन्त्री, सचिवसम्मलाई ठेक्का लाग्दैदेखि आयोजना प्रमुखहरू र ठेकेदारले घुस बुझाउने गर्दा नै हो । त्यसो त उमेरमै लिखित प्रतिस्पर्धाबाट प्राविधिक तहको सुई बनेका ललितजंग खनाललाई मन्त्रालयको योजना महाशाखामा लगिँदा धेरैले टाउको दुखाएका छन् । सुई दीपक श्रेष्ठद्वारा पालिएकाहरू हाटामा बिसुराल र खनालले स्थान पाउँदा टाउको दुखाएका हुन् । नामकै रोहित बिसुराललाई लामो समय जगेडामा बस्नु पर्दैन । उनको चिन्ता भक्तपुरे राजा रोहितले लिन्छन् । तिनैले सडक सुधार
आयोजनाको बजेट १ खर्व १८ अर्ब ४३ करोड ४० लाख भएको ठाउँमा रोहितलाई पु¥याए, त्यहाँ पहिल्यै बेलबहादुर भुजेल थिए ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल