Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्रीको भाग नपुगेपछि छक्कबहादुरले ओलीलाई छक्याए

काठमाडौं । मन्त्रीको लोभमा संसद विघटनलाई स्वीकार गरेका एकजना सांसदले मन्त्री नपाएपछि कित्ता काट गरेका छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसँगै नेकपाका नेता तथा कार्यकर्ता यतिबेला तितरबितर भएका छन्। जिल्लास्तरदेखि केन्द्रसम्मका नेता तथा कार्यकर्ता कुन गुटमा जाने अलमलमा परेका छन्। त्यस्तै हुम्लाबाट प्रत्यक्ष निर्वाचित सासंद छक्क बहादुर लामा पनि कहिले ओली त कहिले प्रचण्ड नेपाल समूहमा सहभागी भएर छक्याउँदै शनिबारबाट प्रस्ट कित्ताकाट गरेका छन्। हिजोअस्ति प्रधानमन्त्री केपी शर्मा ओलीका गुटमा देखिएका सांसद लामा शनिबार एक प्रेस वक्तव्य जारी गर्दै आफू पुरानै प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा फर्किएको बताएका छन्।
प्रधानमन्त्री ओलीको आश्वासनपछि कित्ता परिवर्तन गरेका लामा पुन छक्याउँदै पुरानै कित्तामा फर्किएका हुन्। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उनी विजयी भएका थिए। उनलाई जिल्लाका अगुवा नेता र कार्यकर्ताले साथ नदिएपछि पुरानै कित्तामा फर्किएका बताएका छन्।
प्रधानमन्त्री ओलीको आश्वासनमा एकै दिनमा कित्ता परिवर्तन गरेपछि केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज, विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसी, उनका स्वकीय सचिव नेत्र महतारालगायतले साथ नदिएपछि पुरानै कित्तामा फर्किएको बताएका छन्। उनका अनुसार प्रधानमन्त्री ओली समूहका दल रावल र गोरखबहादुर बोगटीले मन्त्री पदको आश्वासन दिएर लामालाई कित्ता परिवर्तन गर्न लगाएका थिए।