Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मन्त्री छान्न जसपाको बैठक जारी

काठमाडौँ । मन्त्री हुनेको नाम टुंग्याउन जसपाको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेपछि जसपाले आज मन्त्रीको नाम टुंग्याउन लागेको हो ।
सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीच छलफल भइरहेको छ । जसपाले चार मन्त्रालय पाउने निश्चित छ । आकांक्षी धेरै भएपछि कसलाई मन्त्री बनाउने भन्नेमा जसपामा सकस छ ।