Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मलद्वारमा लुकाएर ल्याएकाे २ किलो सुनसहित चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

काठमाडौं । भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेका एक चिनियाँ नागरिकलाई नेपाल प्रहरीले झण्डै दुई किलो सुनसहित पक्राउ गरेको छ ।

हङकङबाट नेपाल वायुसेवा निगमको उडान नं. आरए ४१० मार्फत त्रिभुवन विमानस्थल अवतरण भएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङलाई प्रहरीले एक किलो ८०३।७७ ग्राम सुनसहित पक्राउ गरेको हो । उनलाई बुधबार बिहान १ बजेर २५ मिनेट जाँदा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

शङ्कास्पद गतिविधि देखिएपछि चेकजाँच गर्ने क्रममा उनले मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाएको अवस्थामा सुन चार थान पहेँलो गोलाकार अर्धठोस पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका ती व्यक्तिलाई अनुसन्धानका लागि बरामद गरिएको सुनसहित त्रिभुवन विमानस्थलको गौचरणस्थित भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।