Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । सुन तस्कर गर्न मोवाईल र कम्युटरका सामान भित्र्याउने व्यापार गरेका दिपक मलहोत्रा नेपाल चेम्वर अफ कमर्शका उपाध्यक्ष हुन् । यीनको व्यापारमा सामसुङ मोवाइल देखि गाडी र मोटर साईकलको सो रुमसम्म चलेको बेला हाउजीङ र जग्गा प्लटिङ पनि मौलायो । मलहोत्रा नेकपा एमाले अध्यक्ष केपी ओलीका विस्वास पात्र हुन् । सत्तामा जो पुग्छ त्यसको निकट हुने फुल दिन खादा ओढाउने धन्दा नियमित हो । गत साता एक अर्वभन्दा वढी १६० टुक्रा सुन भन्सारवाट वाहिरियो । राजस्व अनुसन्धानले समात्यो । एयरपोर्ट भन्सारका कर्मचारी सुनको चुरोट काण्डमै चर्चित छन् । बिभागले भन्सार विभागको कार्यक्षेत्रवाट वाहिरिएको सुन समाउदा दिपक मलहोत्रा जोडिएका हुन् । नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठले एमाले सुनको पार्टी हो । पित्तल र फलाम एमालेमा छैनन भनेको कुरा सामाजिक संजालमा भाईरल भएका छन् । सरकारले ठूलो भ्रष्टाचारको फाईल खोतल्न भ्याएको छैन् । गृहमन्त्री नारायणकाजी श्रेष्ठ विरुद्ध माफीया गिरोह सकृय छ । त्यो गिरोहले उपप्रम श्रेष्ठको पदमा प्रहार गर्दैछ । मोओवादीमा पनि सुन लुकाउने नेता धेरै छन् । जनताले बैङ्कमा धितो राखेर कर्जा लिए । माओवादीले बैङ्क लुटेको सुनलाई जो प्रमुख थियो उसैलाई बुझाउने गरियो । दाङमा लुटेको सुन शक्ति बस्नेतले १९ केजी दवाएको गण्डक क्षेत्रमा लुटेको सुन देवेन्द्र पौडेलले ९ केजी दवाएको चर्चा अहिले पनि चलाइन्छ । यसरी पार्टीको नाममा पैसा कुम्ल्याउने कति भए कति । क्रान्तिकारी तीनै छन् कुरा चर्का उनकै छन् । माओवादी छाडेका गोपाल किराँती लोकेन्द्र विष्टहरू विरक्तिनुको कारण पनि आर्थिक पाटो हो । देवेन्द्र पोडेलले २०७६ सालमा गाडी भाडामा लिँदा २ लाख ८४ हजार खायो भन्ने पनि छन् । त्यही गाडी दुर्घटना हुँदा छियाछिया भयो । १२ लाखको गाडी मर्मत को के कुरा भाडाको बुझाउनु पर्ने पैसो पनि दिएन एक पिडित सामाजिक संजालमा भन्दै थिए । जवकी गाडी भाडामा लिँदा कलंकी नकटाउने शर्त थियो । सुन खाने र घुस खाने कंश त्यो माओवादीमा पनि छन् । माओवादी सुर्धान प्रकृयामा लागेका गृह तथा उपप्रम नारायणकाजी श्रेष्ठ कोशीश गर्दैछन् । तर घेराउमा उनी पनि परेका छन् । तस्कर माफीयाको जालो च्यात्न गृहमन्त्रीको योजना माथि अंकुश लगाउन एमाले अध्यक्ष केपी ओली उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसी भाउजु डा. आरजु राणा, मन्जु खाँड, ज्योत्सना अधिकारीले झन् कम्मर कस्ने नै भए । प्रहरीका पूर्व आईजीपी पूर्व सचिवहरू खुलेर लागेका छन् । प्रशासनिक तहमै असहयोग गर्नेहरूको टीम वढी रहेको छ ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल