Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मलाइ तानाशाह बनाइयो-प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुसँगको बैठकमा आफूलाई तानाशाही भन्दा पनि जवाफ नदिएर बसेको बताएका छन् ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जालमार्फत् बताएअनुसार प्रधानमन्त्री ओलीले आफूले रवि लामिछानेमाथि प्रतिशोध नसाँधेको बताएका थिए ।

मलाई कुनै प्रतिशोधको राजनीतिक गर्नु छैन । मेरो कसैसँग दुराभाव छैन । मलाई केही लिनु दिनु छैन । मैले त व्यक्ति तोकेर संसदीय छानबिन समिति गठन नगरौँ भनेको थिएँ । अरु दल र स्वयम् रविजीले गठन गरौँ भनेपछि समिति बन्यो । समितिको प्रतिवेदन आएपछि कार्यान्वयन गर्नु सरकारको दायित्व हो ।

उनले आफूलाई तानाशाही भनिएको बताउँदै भनेका छन्, अहिले कतिपय ठाउँमा मलाई तानाशाह भनेर अवाञ्छित गालीगलौज गरिएको छ । थप तिक्तता नहोस् भनेर मैले कुनै जवाफ दिएको छैन । मलार्य कुनै स्टन्टबाजी गर्नु छैन । साथीहरुले त्यसो गर्नु राम्रो होइन ।

उनले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने कुनै योजना नभएको बताएका थिए ।

विगतमा नेकपा एमालेलाई विभाजन गर्न अध्यादेश ल्याइएकाले साथीहरुलाई त्यसै गर्न लाग्यो कि भन्ने परेको हुन सक्छ । तर अहिले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने हाम्रो योजना छैन, ओलीको भनाइ थियो ।