Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मलेशियाबाट एकै पटक २४ नेपालीको शव ल्याएपछि क्याप्टेन लामा लेखे, यो देश धनीमानिको मात्रै हो ?

काठमाडौं । देशमा रोजीरोटी नभेटेर अरबको मरुभूमिमा भविष्य खोज्न जाने लाखौंयुवामध्ये धेरैको सपना पूरा होला कसैको लथालिंग बनेको छ भने दैनिक चार÷पाँच जना युवाले ज्यान गुमाउने गरेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्सको जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव र तीन वटा अस्तु नेपाल ल्याएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मलेशियामा विभिन्न समयमा मृत्यु भएका नेपालीको शव शनिबार बिहान वाइडबडी जहाजमार्फत नेपाल ल्याइएको क्याप्टेन विजय लामाले उल्लेख गरेका छन् । उनले अझै १८ वटा शव ल्याउन बाँकी रहेको पनि जनाएका छन् ।
उनले सामाजिक संजालमा लेखेका छन् –‘मनमा धेरै दुःख लाग्दालाग्दै पनि बाध्य छौं ल्याउनलाइ। देशको स्थिति नै यस्तै छ । धनी र ठुला बडाहरुलाइ मात्र हो त यो देश कि सबैलाई हो ?’ ‘मलेशियाको क्वालालम्पुरबाट वैदेशिक रोजगारीमा गएर फर्कन लागेका यात्रुसगै, आज मेरो उडान फ्लाइट नम्बर आर ए ४१६मा, रोजगारीको क्रममा कोभिड १९ बाहेकको अरु विभिन्न कारणले ज्यान गुमाएका नेपाली दाजुभाइको २४ वटा शव तथा ३ वटा अस्तु पनि ल्याएका थियौ हामीले। अझै अर्को उडानमा पनि १८ वटा शव ल्याउनु बाकी छ रे ?’
विदेशमा श्रम र पसिना बेच्न गएका नेपाली दाजुभाइ दिदिबहिनीको शव ल्याउँदा जस्तो दुख पीडा अरु कुनै पनि उडान गर्दा हुन्न। तथ्यांकमा मात्र सिमित हुने त होला देशको सरकारको निमित्त तर मृत व्यक्ति तथा उनका आश्रित परिवारको भने सर्वस्व गुमेको छ । अब पनि पुगेन देशलाइ वर्वाद पार्दै नेपाली जनतालाइ बिदेश जान बाध्य बनाउने गरि एक आपसमा झगडा गर्ने यति देखेपछि त केही गर्नु नि देश र जनताको लागि । आफ्नो अनि पार्टीको स्वार्थ भन्दा माथी उठ्न सकिन्न र ? हार्दिक श्रद्धाञ्जली ।’ यता, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका ती शव आफन्तलाई जिम्मा लगाइएको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल