Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मस्को आक्रमण : मृत्यु हुनेको संख्या १३३ नाघ्यो

काठमाडौं । मस्कोस्थित कन्सर्ट हल क्रोकस सिटी हलमा शुक्रबार राति भएको आक्रमणमा मृत्यु हुनेको संख्या १३३ नाघेको छ । मृत्यु हुनेमा बालबालिकादेखि वृद्ध पनि छन् ।

बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएर गरेको आक्रमणमा घाइते हुनेको संख्या १२१ छ । १०७ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ । यो क्रूर नरसंहारमा प्रत्यक्ष संलग्न चार अपराधीसहित ११ जनालाई हिरासतमा लिइएको रूसी संघीय सुरक्षा सेवा एफएसबीले जनाएको छ ।

व्यापारिक केन्द्रसहितको हलमा शुक्रबर राति रक ब्यान्ड पिकनिकले प्रदर्शन गर्ने तयारी थियो । करिब ६ हजार २०० टिकट बिक्री भइसकेका थिए । चार संदिग्ध युक्रेनतर्फ भाग्ने प्रयास गर्दा पक्राउ परेको एजेन्सीले शनिबार बताएको हो । आक्रमणकारीले बन्दुकपछि पेट्रोल बम वा अन्य आगो फैलाउने विस्फोट फालेर हलमा आगो लगाएका थिए ।

आगो निभाउन हेलिकोप्टरबाट पनि पानी फालिएको थियो । घटनास्थलमा पुलिसको गाडी, एम्बुलेन्स र आगो निभाउने टोली एवं उपकरण खटिएका थिए । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार दिउँसो जनतालाई सम्बोधन गर्दै सिंगो देश शोकमा परेको भन्दै दुख व्यक्त गरेका थिए ।

उनले हत्याराहरूलाई दोस्रो विश्वयुद्धका नाजीहरूसँग तुलना गर्दै रूसी एकतालाई कसैले कमजोर पार्न नसक्ने बताए । घटनाको पछाडि को हो भन्ने पत्ता लगाएर सजाय दिने चेतावनी उनले दिएका छन् । आक्रमणमा परी ज्यान गुमाएकाहरूको शोकमा रूसमा आइतबार राष्ट्रिय शोक मनाइने पुटिनले बताएका थिए ।
रूसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले गरेको आक्रमणको टिप्पणीको कडा निन्दा गरेकी छिन् । जेलेन्स्कीले घटनाको पछाडि मस्कोकै हात रहेको टिप्प्णी गरेका थिए । मस्कोका गभर्नर एन्ड्रे भोरोब्योभले क्रोकस सिटी हलमा उद्धार कार्य सम्पन्न भएको घोषणा गरेका छन् ।

आक्रमणको घटनालाई लिएर विश्वभरबाट निन्दा भइरहेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले शुक्रबार एक विज्ञप्ति जारी गरी मस्कोमा भएको आतंकवादी आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् ।

जिहादी समूह इस्लामिक स्टेट आईएसले आक्रमणको पछाडि आफ्नो हात रहेको भनेको छ । रूसले घटनाको अनुसन्धान गरिरहेको छ । यो आक्रमणका घटना करिब दुई साताअघि अमेरिकी गुप्तचरले दिएको चेतावनीसँग मिल्न गएको छ ।

मार्च ७ मा मस्कोस्थित अमेरिकी दूतावासले एक अलर्ट जारी गर्दै लेखेको थिया, अतिवादीहरूले मस्कोमा कन्सर्टलगायत ठूला जमघटलाई लक्षित गर्ने योजना बनाएको रिपोर्ट छ । अमेरिकी नागरिकहरूलाई ठूला जमघट नगर्न सल्लाह दिइन्छ । तर, उक्त चेतावनी ४८ घण्टाका लागि मात्रै थियो । रूसी अधिकारीहरूले अमेरिकी खुफिया जानकारी अस्पष्ट रहेको गुनासो गरेका छन् । एजेन्सीहरूको सहयोगमा


सम्बन्धित समाचार