Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महराका स्वकीय सचिवले किन छोडे माओवादी

दाङ। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका स्वकीय सचिव प्रमोद शर्माले पार्टी परित्यागको घोषणा गरेका छन्। माओवादी केन्द्र घोराही उपमहानगरपालिका कमिटी अध्यक्षसमेत रहेका शर्माले माओवादी पार्टी परित्याग गरेको घोषणा मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत गरेका हुन्। ‘आजको मितिदेखि म नेकपा माओवादी केन्द्रको साधारण सदस्यसमेत नरहने गरी आफूले प्राप्त गरेको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्दछु,’ उनले लेखेका छन्।