Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महाधिवेसनका लागि एमालेले बनायो दर्जन समिति

काठमाडौं । नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । महाधिवेसन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले सो निर्णय गरेको हो । संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयम्सेवक परिचालन गठन गरेको छ । यस्तै, मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति, जनपरिचालन समिति पनि बनाइएको मूल समितिका सदस्य रघुजी पन्तले जानकारी दिए । ती समितिका संयोजक र सदस्यहरुको नाम भने टुंगो लाग्न बाँकी रहेको छ ।
बैठकमा समितिका सहसंयोजक सुरन्द्र पाण्डेले महाधिवेसन स्थल र तयारीबारे जानकारी गराएका थिए । एमाले महाधिवेसन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।