Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महानगर दिवस भव्यरुपमा मनाउने तयारी

काठमाडौं । २०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौं नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको थियो । यससँगै महानगरले घोषणा भएका दिन विभिन्न कार्यक्रम गरि महानगर दिवस मनाइदै आइरहेको छ । महानगर घोषणा भएको २५ वर्ष पुगेको छ । शनिवार र आइतवार काठमाडौं महानगरपालिकाले २५ औं महानगर दिवस मनाउने भएको छ । यसका लागि कामपा प्रमुख विद्या सुन्दर शाक्यको अध्यक्षतामा महानगर दिवस मूल समारोह समिति गठन गरिएको छ । शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरका शाक्यले नगरबासीका बीचमा बसेर महानगर दिवस मनाउने गरी कार्यक्रम तय गरिएको बताए ।
परम्परागत बाद्यबादन, बाद्यबादक, नाच र यससँग सम्बन्धित व्यक्ति गुथि तथा गुठियार, धार्मिक तथा सांस्कृतिक गतिबिधिका अगुवा, उद्यमी, सामाजिक तथा सामुदायिक संघसंस्था, गैरसरकारी संघसंस्था सबैको सहभागिता हुनेछ, कार्यक्रममा बोल्दै उनले भने, हामी बसन्तपुरको खुल्ला ठाउँमा दिवसका कार्यक्रम आयोजना गर्छौ ।


सम्बन्धित समाचार