Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महामारीको संकेतसँगै राजधानीको नाका रातभर रोक्ने निर्णय

काठमाडौँ । कोरोना महामारीले खतराको घण्टी बजाएसँगै राजधानी भित्रिने सबै नाका रातभर बन्द गर्ने निर्णय गरिएको छ । गृहमन्त्रालयले यात्रुलाई रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक लगाएको छ । उपत्यका भित्रिने धेरै यात्रुहरुमा कोभिड १९ पोजिटिभ देखिएको भन्दै साँझ ७ देखि बिहान ७ बजेसम्म नाकामा यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गराउने मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बिहीबार विज्ञप्तिमार्फत जनाएका छन् ।उपत्यका बाहिरका जिल्ला प्रशासन कार्यालयहरुलाई पनि अत्यावश्यक कामबाहेक अन्तर जिल्ला सवारी आवागमन पास जारी नगर्न एवं बिनापास अन्तर जिल्ला आवागमन पूर्ण बन्द गराउन पनि सबै सुरक्षा निकायसमेत निर्देशन जारी गरिएको छ ।