Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महालक्ष्मी विकास बैंकले ११ प्रतिशत ब्याज दरको ऋणपत्र जारी गर्दै

काठमाडौं। महालक्ष्मी विकास बैंकले चैत २९ देखि बैशाख ४ गतेसम्म ऋणपत्र जारी गर्ने भएको छ। बैंकले १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको हो।
बैंकले ऋणपत्रमा वार्षिक ११ प्रतिशत ब्याज दिने बैंकले जानकारी दिएकोछ। बैंकले ‘महालक्ष्मी डिबेन्चर २०८९’ जारी गर्न लागेको हो।
१००० रुपैयाँ अंकित दरको ऋणपत्र एक अर्ब रुपैयाँ बराबरको जारी गर्ने जनाईएको छ।
बैंकको ऋणपत्रमा कम्तिमा २५ कित्ता र बढीमा ४ लाख कित्तासम्म आवेदन दिन सकिन्छ।
बैंकले जारी गर्ने एक अर्बको ऋणपत्रमध्ये ६० करोड व्यक्तिगत तवरले बिक्री गर्नेछ। बाँकी ४० करोड सर्वसाधारणलाई बिक्री गर्नेछ।