Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ नयाँ योजना सुरुवात गरेको छ । कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले उक्त योजनाको सुरुवात गरेको हो । आफ्नो २७ औं वार्षिक उत्सवको अवसरमा बैंकले संचालन गरेको यस योजना अन्तर्गत हालसम्म महालक्ष्मी मोबाईल एप प्रयोग नगरेका ग्राहकले जठ ७ गतेदेखि २७ दिनसम्म महालक्ष्मी स्मार्ट डाउनलोड गरेर पहिलो कारोबार गर्दा आफ्नो खातामा बैंकको तर्फबाट १०० रुपैयाँ प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसको साथै विषम परिस्थितिमा सम्पुर्ण ग्राहकलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्युआरकोड लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु र अरुलाई सुरक्षित राख्न पनि बैंकले आग्रह गरेको छ ।


सम्बन्धित समाचार