Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महेन्द्रले भन्दा पहिले पार्टीमाथि प्रतिबन्ध बीपीले लगाएका थिए

  • अर्जुन ज्ञवाली

तत्कालीन राजा श्री ५ महेन्द्र बिरबिक्रम शहदेबले २०१७ शाल पौष १ गते तत्कालीन प्रधानमन्त्री बिपि कोइरालालाई अपदस्त गरेर सत्ता लिएको दिन थियो । यो कदमलाई कतिपयले नकारात्मक र कतिपयले सकारात्मक रूपमा समर्थन र आलोचना गर्दछन् । तत्कालीन भुराजनीतिमा एकातर्फ अमेरिकी शक्ति थियो भने आर्कोतर्फ तत्कालीन सोभियत संघ । भारत त्यतिबेला शोभियत धुरि नजिक थियो भने चिनमा माओको नेतृत्वमा कम्युनिस्ट पार्टी सत्तामा थियो । चीन र भारतको बीचमा रहेको नेपालमा अमेरिकी निकट बिपि कोइरालाको सरकार थियो । बिपि कोइराला भुराजनीतिलाई अमेरिकी धारमा ईन्टरनेशनल शोस्लिस्टमार्फत अगाडि बढाउन चाहन्थे । बिपि निकट भारतमा तत्कालीन प्रधानमन्त्री जवहरलाल नेहरू बिरोधि जयप्रकाश नारायण थिए । बिपि कोइराला जवहरलाल बिरोधि जयप्रकाशसँग नजिक थिए । यस्तो भुराजनीतिक अवस्थामा बिपि कोइरालाले बर्तमान युक्रेनी रास्ट्रपति जेलेन्स्कीलेजस्तै अमेरिकी आड भरोसामा आफूलाई शक्तिशाली मानेका थिए । इजरायललाई मान्यता दिने नेपाल पहिलो राष्ट्र थियो । यो स्थितिमा बिपि कोइरालाको हातमा सत्ता रहेको भए अहिलेको युक्रेनजस्तै बन्ने भुराजनीतिक परिस्थितिमा राजा महेन्द्रले बाध्यताले सत्ता हात लिनुपरेको थियो । २०२८ सालमा बहुदलीय संविधान दिने तयारी गर्दै गर्दा राजा महेन्द्रको निधन भयो । आफुलाई कम्युनिस्ट भन्ने तर पश्चिमा भारतीय पश्चिमासँग जोडिएका पुस्पालाल बिपि कोइरालाको साथमा थिए । त्यसैले होला टङ्कप्रसाद आचार्य, डा.केशरजङ्ग रायमाझी र मनमोहन अधिकारीलाई जसरी तत्कालीन चिनका रास्ट्रपति माओत्सेतुङले बिश्वास गरे पुस्पलाललाई कहिल्यै पनि गरेनन् । जबकि पुस्पलाल आफुलाई माओबिचारधारा र नयाँ जनवादी क्रान्तिको सिद्धान्त अङ्गालेको भन्दथे । माओलाई पुस्पलाल, निर्मल लामा, मोहनबिक्रम सिह, मोहन बैध, नरबहादुर कर्माचार्य चिनको जासुसी गर्न कम्युनिस्ट ब्यानरमा भारत र अमेरिकी जासुसी सस्था सीआइए र रअले परिचालन गरेको सूचना पहिल्यै रहेछ । यसकारण नेपालमा माओबिचार र माओवाद भन्ने यिनिहरूलाई स्वयं माओले कहिल्यै पनि चिनमा बोलाएनन् । पुष्पलाल केबल एक पटक डा. केशरजङ्ग रायमाझीको टिममा चीन पुगेका थिए । पश्चिमाले यसरी बिपि कोइराला र कथित नक्कली कम्युनिस्ट एकैसाथ परिचालन गरेका थिए । भुराजनीतिकै कारण होला जसरी नेपाली काँग्रेसले तत्कालिन गृहमन्त्री बीपी कोइरालाको पहलमा २००८ सालमा नेपाल कम्युनिस्ट पार्टी माथि प्रतिबन्ध लागाएको थियो । यसैगरी २०१५ सालमा योगि नरहरिनाथले नेतृत्व गर्नुभएको कर्मबिर महामण्डललाई बिपिले प्रतिबन्ध लागाएका थिए त्यसैगरी २०१७ पौष १ गते राजा महेन्द्रले प्रतिबन्ध लागाउनु भयो । यहि हो बिपि र महेन्द्र बीचको फरक ।
यसकारण महाअपराधी हुन अपवाद बाहेक नेपाली पत्रकार बुद्धिजीवीहरू ः अपवाद शब्द यसकारण राखियोकतिपय महाअपराधी नहुन सक्छन् । कथित मुलधारका भनिने सञ्चारमाध्यम र अनलाइनहरू अपराधीहरूलाइ ध्वमसात्मक एजेन्डामार्फत राजनीतिक रङ दिएर समाजलाइ दिग्भ्रमित बनाइ रहेका छन् । यसर्थ यिनिहरू महाअपराधी हुन् । यिनिहरूको दृष्टिकोण कुन्ठाले भरिएको अपराधीक मानसिकताभन्दा बाहिर छैन । यिनिहरूको दृस्टिकोणमा २००८ शालमा काँग्रेसले नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध तानाशाही हुँदैन । तत्कालिन गृहमन्त्री बीपी र प्रधानमन्त्री मातृकाप्रसाद कोइराला र काँग्रेसले लगाएको नेकपामाथिको प्रतिबन्ध २०१३ सालमा प्रधानमन्त्री टंकप्रसाद आचार्यले फुकुवा गरेका थिए । यस्ता तानाशाह बीपी कोइरालालाई प्रजातन्त्रवादी भन्नेहरूलाई रतन्धो लागेको नभेर के भन्ने ? बिपि कोइरालाले २०१५ सालमा कर्मबिर महामण्डललाइ लगाएको प्रतिबन्ध यहाँका इन्डो अमेरिकी कित्ताका पत्रकार र बुद्धिजीवीहरूका लागि तानाशाही हुँदैन । किनकी त्यो आफ्नै आमा बाबुको कृया नगरेर कृश्चियनलाई तिमीहरूप्रति बफादार छौं भन्ने बिपि कोइरालाले गरे यसर्थ उनिहरूका लागि महामानव बने । तत्कालिन माओवादी गण्डकी इञ्चार्ज हुँदा बाबुराम भट्टराईको निर्देशनमा मुक्तिनाथ अधिकारी र नारायणप्रसाद पोख्रेलको हत्या गर्दा पनि उनलाई परिवर्तनकामी देखिरहे लेखिरहे । एउटा नायिकाको नाङ्गो फोटो प्रकाशित गरेर आत्मदाह गर्ने अवस्थासम्म पु¥याउँदा पनि कतिपय पत्रकारहरू अग्रगामी र परिवर्तनकामी भइरहे । यसकारण अपराधी भन्दा महाअपराधिहरू पत्रकार र बुद्धिजीवी आवरणमा छन् । अपराधी त सबैले देखिने गरि चिनिएको छ । यहाँका पत्रकार र कथित बुद्धिजीवीहरू पत्रकारको लोगो र कलम देखाएर महाअपराध गरिरहेका छन् ।

गैरदलीय राष्ट्रपति घातक
अफगानिस्तानमा शोभियत शासन बिस्थापनको लागि सिआइए र अमेरिकीहरूलाई तालिवान चाहिएको थियो । बाहिर देख्दा तालिवानहरू अमेरिका बिरोधि नारा दिन्थे । नेपालमा युरोपेली चर्च मिशनकोलागि माओको नाममा माओको देश चिन बिरोधि एजेन्डामा कथित माओवादीलाई युरोप अमेरिकी चर्चले हिन्दू बौद्ध विरुद्ध सहयोग गरेका थिए । शान्ति प्रकृयामा आएपछि युरो अमेरिकी लगानीको माओवादमा चीन घोडा चढ्न आइपुग्यो । तत्पश्चात पश्चिमाहरूले पहिलो चरणमा मोहन बैधलाई अगाडि सारेर माओवादी पार्टी बिभाजन गराए । दोश्रो चरणमा प्रचण्डलाईनै प्रयोग गरेर खिलराज नेतृत्वमा चुनावी सरकार बनाएर माओवादीलाई साइजमा ल्याइदिए तेस्रो चरणमा बाबुराम भट्टराईको नयाँ शक्ति युरोपेली चर्चको सहयोगमा गठन भयो त्यो चलेन । बाबुरामको नयाँ शक्तिको अर्कोरूपमा साझा बिबेकशिल गठन भयो त्यो पनि अगाडि बढेन । तत्पश्चात भिन्न भिन्न कोणबाट ओलि प्रचण्ड दुबैलाई प्रयोग गरेर नेकपा बिभाजन गराइयो । अदालत प्रयोग गरेर सीमाभन्दा बाहिर गएर नेकपा एमाले र माओवादी केन्द्र ब्यूताइयो । यसको मूल उद्देश्य नेकपा रहँदासम्म प्रचण्डको बहुमत पुग्ने र प्रचण्ड, माधव, झलनाथको हातमा पार्टी कब्जा हुने डर थियो । यता एमाले ब्यूताइदिएर ओलीलाई अग्रभागमा ल्याए । यसरी इन्डो पश्चिमाहरू प्रचण्डलाई पनि साइजमा र ओलीलाई पनि साइजमा राखेर नेकपालाई छिन्नभिन्न बनाउन सफल भए । यहाँसम्म आइपुग्दा नयाँ शक्ति, साझा, बिबेकशिलको नयाँरूपमा स्वतन्त्र पार्टी उदय गराइयो । अब उनीहरू खिलराज मोडेलमा रास्ट्रपति बनाएर दरबारहत्याकाण्डको समयको शक्तिकेन्द्र कसिलो बनाउने प्रयत्नमा छन् । त्यसको लागी पश्चिमा निकट राष्ट्रबादिजस्ता देखिने कथित बुद्धिजीवीहरूले अभियान शुरु गरिसकेका छन् । यो अभियानलाई बहुराष्ट्रिय कम्पनीका विज्ञापनमा चलेका दलाल मिडियाहरूले जोडतोडले प्रचारप्रसार गर्दैछन् । पुस्पकमल दाहालले हेक्का राखुन् एमालेसँगको रिस र आक्रोशमा गैर दलिय राष्ट्रपति बनाउनु आत्महत्याको मार्ग हो । अमेरिकनलाई सता सुम्पनु हो । याद होला २०५८जेष्ठ १९गतेदेखि सिआइए र रअको समन्वयमा बिरेन्द्रको दुइटा सैनिक गणको घेराउमा भएको हत्या र सेनाको परमाधिपती राष्ट्रपति हुन्छ । नेपालको अदालत र यसका प्रधानन्यायाधीशहरू सिआइएको लागि अनुकूल पात्र हुन । काँग्रेस, एमाले, माओवादीहरू गैरदलिय रास्ट्रपति बनाउने खेलमा नफस ।
यसरी विघटन हुँदैछन् अखिल भारतीय नेपाली काँग्रेस र युरो पश्चिमा एमाले–माओवादी ः अहिले यो भन्दा र लेख्दा तितो लाग्न सक्छ । किन भने भर्खर समपन्न निर्वाचनले काँग्रेस पहिलो र नेकपा एमाले दोश्रो माओवादी तेस्रो पार्टी बनेका छन् । कुनै समय नेपालमा काँग्रेस एमाले पहिलो दोस्रो पार्टी भएजस्तै भारतमा काँग्रेस आइ पहिलो र माक्र्सवादी कम्युनिष्ट पार्टी दोस्रो थिए । सन १९८४ मा ५४३ सिट भएको भारतीय लोकसभामा भाजपाका २ साम्सद थिए अटल बिहारी वाजपेय र लालकृष्ण आडवाणी । पश्चिम् बङ्गालमा माक्र्सवादी पार्टीको सत्ता थियो । चर्चको बिस्तार नगर्दासम्म माक्र्सवादीलाई बिदेशीहरूले सहयोग गरिरहे जसरी नेपालमा एमाले माओवादीलाई गरे । जब चर्च हाबी भयो ममता बनर्जीको नेतृत्वमा तृण्मुल काँग्रेस खडा गरेर माक्र्सवादी किनारा लगाइयो । नेपालमा पनि माओवादी काँग्रेस एमालेलाई लगानी लगाएकाहरू अब केजरिवाल र ममता बनर्जी मोडेलमा रबि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टी र बिजेपी मोडेलमा राजेन्द्र लिङ्देनले नेतृत्व गरेको राप्रपा आइसकेका छन । सन १९७० पछि इन्दिरा गान्धीको संविधानमा धर्मनिरपेक्षता राख्ने मुर्खताले सन २०१४सम्म आइपुग्दा काँग्रेस आइ भारतमा किनारा लाग्यो भने माक्र्सवादी १ सिटमा सिमित छ । समयमै सङ्घियता र धर्मनिरपेक्षता खारेज गरेर काँग्रेस, एमाले, माओवादी सच्चिएनन् भने यिनिहरूको पनि हालत भारत को काँग्रेस र माक्र्सवादीकै जस्तो हुनेछ । यो निर्बाचनत कास्टिङ मात्र हो ।
हामीले इतिहास र बर्तमानलाई हेर्ने दृष्टिकोण बिचारमा आधारित छ । हाम्रो बिचार इन्डो पश्चिमा साम्राज्यवाद बिरोधि हो । यसकारण हामी नेपालको प्रजातान्त्रिक आन्दोलनमा यस्तो बिचारको नेतृत्व टङ्कप्रसाद आचार्यले गर्नुभयो भने बिपि कोइराला इन्डोपश्चिमाकै प्रतिनिधि थिए । कम्युनिस्ट आन्दोलनमा डा.केशरजङ्ग रायमाझीले इन्डोपश्चिमा विरुद्ध रास्ट्रबादी धाराको नेतृत्व गर्नुभयो भने पुस्पलालले भारतीय शासक र रअ को प्रतिनिधित्व गरे । धार्मिकरूपमा योगि नरहरिनाथले नेतृत्व गर्नुभयो । यसकारण हाम्रो दृष्टिकोणमा बिपि कोइराला, तुल्सी गिरि, डोरबहादुर बिस्ट, मोहमद मोहसिन प्रवृत्तिमा भिन्नता छैन । हामीले राष्ट्र रक्षाको प्रश्नमा लेख्दा, बोल्दा र अभियान चलाउँदा पार्टी र ब्यवस्था भित्रका बिरोधि र समर्थकका आधारमा बिचार हेर्दैनौ । भर्खर समपन्न निर्वाचनलाई हेर्दा हाम्रो दृष्टिकोण्मा राप्रपाबाट मनोनीत पास्टर बिना लामा, एमालेबाट एकनाथ ढकाल, काँग्रेसकि आरजु राणामा हामिले तात्विक भिन्नता देख्दैनौ । हामिले गगन थापा, कमल थापा, सुर्य थापामा खासै भिन्नता देखेका छैनौ । चर्च मण्डलिका अध्यक्ष केबि रोकाय, रोजालक्जेम्बर्ग फाउन्डेसनका घनश्याम भुसाल, पत्रकार प्रेम कैदीमा पनि खासै भिन्नता देख्दैनौ । मनिशा कोइराला, शेखर, शशांक कोइराला रबिन्द्र मिश्रलाई पनि हामीले भिन्नता देखेका छैनौं । योगि नरहरिनाथलाई २०३४ शालमा जेलहालेर करेन्ट लगाउने काँग्रेस, एमाले, मसाल, माओवादी थिएनन् पास्टर बिना लामालाई समानुपातिक सांसद बनाउने केन्द्रका योगी नरहरिनाथका शब्दमा इसाई, मुसाइ, कसाई २०२८को फिरङगी नयाँ शिक्षा ल्याउने पन्च मण्डले थिए ।
यसर्थ अहिलेको मुल समस्या भनेको प्रचण्डको अन्त्य या शेरबहादुरको अन्त्य, ओली, लिङ्देन या रवि लामिछानेको उदयको प्रश्न होइन । मुल प्रश्न भनेको सन् १८१६ को किर्ते सुगौली सन्धिपछि जरा गाडेको ब्रिटिस मेशीनरी र वि.सं. १९०३ को कोतपर्वपछि सेनामा जरा गाडेको ब्रिटिश लिगेशी र वर्तमान अवस्थामा इन्डो अमेरिकी लिगेसीको सञ्जालको अन्त्य गर्नु हो । सबैलाई चेतना भया ।