Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

महोत्तरीमा ५ दर्जन नीलगाई

महोत्तरी । महोत्तरीको पश्चिम–दक्षिणस्थित भारतीय सीमा नाकासँग जोडिएको मनराशिस्वा नगरपालिकामा एकै साथ पाँच दर्जन बढी निलगाई फेला परेका छन् । सो नगरपालिकाको वन क्षेत्रमा केही दिनदेखि एक्कासि लोपोन्मुख वन्यजन्तु निलगाई देखा पर्न थालेको स्थानीय बासिन्दाले बताए ।

विभिन्न उमेर समूहका पाँच दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको निलगाई नगरपालिकाको वन क्षेत्र आसपासका खेतबारीमा लगाइएको दलहन, तेलहन र तरकारी बालीमा हुलका हुल प्रवेश गरेर सबै बालीनाली खाइदिने गरेकाे छ ।

दर्जनौको सङ्ख्यामा रहेको नीलगाई र त्यसको बाछो वन क्षेत्रको खर र झारीमा लुकेर बस्ने गरेको तथा मानिसलाई आफूतिर आएको देखेर तीव्र गतिमा भाग्ने गरेका छन् । स्थानीयवासीले वन क्षेत्रमा निलगाई फेला परेको बारेमा जिल्ला प्रशासन कार्यालयलाई समेत जानकारी गरेका छन् ।

गर्मी यामको आगमन भएसँगै अहिले जिल्लाको उत्तरवर्ती माथिल्लो वन क्षेत्र जङ्गलमा विभिन्न स्थानमा डढेलो लागेका कारण वन्यजन्तुको जीवन सङ्कटमा पर्न थालेपछि उनीहरु तलतिर झर्न थालेको छ ।


सम्बन्धित समाचार

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल

म्याद थपेर रविको राजधानी यात्रा

२०८१ मंसिर ८

ताजा नेपाल