Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादीले काँग्रेसले देखाउने के हो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा कांग्रेसको चर्को आलोचना भएको छ। महासमिति बैठकले पारित गरेको दस्ताबेजदेखि हिन्दू राष्ट्र स्थापनाको पक्षमा भएको हस्ताक्षर अभियानप्रति माओवादी नेताहरूले गम्भीरतापूर्वक प्रश्न उठाएका हुन्। बैठकमा नेताहरूको भनाई उद्धृत गर्दै एक नेताले भने, कांग्रेसले बैठकबाट पारित गरेको दस्ताबेजको विषयमा कडाइपूर्वक कुरा गर्नुपर्छ भन्ने कुरा उठेको छ। कांग्रेसले खोजेको के हो ? त्यो स्पष्ट गर्नुपर्छ भन्ने कुरा आएका छन् अब प्रधानमन्त्रीले कुरा गर्नुहुन्छ। कांग्रेस महासमितिको बैठकले चुनावी गठबन्धन नगर्ने महामन्त्री गगन थापादेखि उपसभापति पूर्णबहादुर खड्काको जनयुद्धलाई संकेत गर्दै दश वर्षे युद्ध आवश्यक नभएको उल्लेखसहितको नीति प्रस्ताव महासमितिको बैठकबाट पारित भएको थियो। त्यसले माओवादीका तरंग पैदा गरेको छ। कांग्रेस नेता शंकर भण्डारीको नेतृत्वमा हिन्दू राष्ट्र स्थापनाको पक्षमा हस्ताक्षर अभियान चलाइएको थियो। त्यो अभियानलाई माओवादीका नेताहरूले संविधान विरोधी कदम भएको भन्दै आपत्ति जनाएका छन्। कांग्रेससँग रुष्ट माओवादी नेताहरूले प्रधानमन्त्री प्रचण्डमाथि राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउन दबाब दिएका छन्। प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार अधिकांश नेताहरूले राष्ट्रियसभाको अध्यक्ष छाड्न नहुने मत राखेको बताए। उनले भने, राष्ट्रियसभाको अध्यक्षको निर्वाचनको बारेमा छलफल भयो । र, त्यस सम्बन्धमा चाहिँ अन्तिम निर्णय भोलि हुन्छ। अधिकांशले चाहिँ राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुन्न भन्ने मत राख्नुभएको छ। उनले बैठकमा कांग्रेस बैठकमा गठबन्धनविरुद्ध उठेका आवाजहरूको विषयमा पनि नेताहरूले कुरा उठेको बताए। राष्ट्रियसभा अध्यक्ष नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई दिने सहमति भइसकेको चर्चा छ।