Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टि कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्न लागेको नेता लिलामणि पोखरेलले जानकारी दिएका छन् । मंगलबार दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण एक दिन पछि सारिएको थियो ।

बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्ने तयारी छ । पार्टीले यसअघि नै राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम तोकिसकेको छ । सोमबार बसेको बैठकले सदस्यता नवीकरण गर्ने मिति असोज मसान्तसम्म, वडा भेलाको बैठक कार्तिक १३ गते र पालिका स्तरीय भेला मंसिर ४ गतेसम्मलाई सारेको थियो ।