Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी मन्त्रीहरुको घेराउमा प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरु अध्यक्ष पुष्पकमल दाहालको निवासमा भेला भएका छन् । निर्वाचनको मतपरिणाम आएपछि पहिलोपटक मन्त्रीहरु अध्यक्ष दाहालको निवासमा भेला भएका हुन् । अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुषाल र शिक्षामन्त्री देवेन्द्र पौडेल अहिले खुमलटारमा छन् । उनीहरु अध्यक्ष दाहाललाई बधाई दिन खुमलटार पुगेको बताईएको छ । यसका साथै, नयाँ सरकार गठनबारे पनि छलफल हुनेछ । मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा माओवादी तेस्रो दल बनेको छ । प्रत्यक्ष र समानुपातिक गरी माओवादीले ३२ सिट जितेको छ । प्रचण्डले कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनकै नेतृत्वमा नयाँ सरकार बन्ने बताइरहेका छन् ।