Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माओवादी माथी घेरावन्दी

काठमाण्डौ । १० वर्षे द्धन्द्धको घाउ सुकाउनु भन्दा चर्काएर देशमा द्धन्द्ध सिर्जना गर्ने लहर चलेको छ । राजनीतिक रुपमा काँग्रेस र एमालेका दुष्टहरुलाई प्रम विरुद्धको अदालती मुद्धा डलर हजम गर्ने वाटो भएको छ । देशको राष्ट्रिय स्वाभिमान र आत्म गौरवको कुरा ओझेलमा पारेर द्धन्द्धकालिन मुद्धा चर्काउन एमालेकै अध्यक्ष केपी ओली पनि भित्र भित्रै खटेका छन् । आफ्नो स्वार्थ पूरा नहुँदा माओवादी आन्दोलनलाई हेगमा लैजाने धम्की तिनैले दिएका छन् । जसको राजनीतिक सम्वन्ध नेकपा एमाले सँग छ । एडमोकेसी फोरम र इन्सेकले त्यो धन्दा गर्छन् । एमालेको मानव अधिकारमा माओवादी र अन्यदल अपराधी हुन्छन् । राष्ट्रिय मानव अधिकार आयोग समेत काँग्रेस र एमालेसँग निकट छ भने माओवादी प्रति पनि पूर्वाग्रही हुने गर्दछ । अदालत समेत एमालेको पकडमा भएकोले माओवादीको पक्षमा छैन । राजनीतिक रुपमा माओवादीका नेता भ्रष्टाचारी परिवारवादी भएकाले यस्तो दशा वेलावखत माओवादीले वेर्होन परेको हो ।
विदशी डलर खाएर नेपालको जनयूद्ध अधुरो भयो भन्ने मोहन वैद्य, नेत्र विक्रम चन्दहरु पार्टी विभाजनमा लागेको फल यस पटकको चहल पहल हो । एमालेलाई लोप्पा दिएको फल पनि सरकारले पूर्णता नपाउनु हो । एमालेलाई कम्युनिष्ट भन्दा पूर्व पंच र संघियता गणतन्त्र विरोधीसंगको रमझम रमाईलो छ । केपी ओली आन्दोलनका वाहक होईनन । ओलीले गणतन्त्र पचाएका छैनन् । उनले दूई तिहाईको सरकार वनेका वेला संघियताको संरक्षण गरेनन । कानून बनेको भए गिजोलिएको झगडा हुने थिएन । निजामति प्रशासनलाई समय सापेक्ष वनाईएन । अहिले पनि कर्मचारीहरु प्रदेशमा जान नचाहने प्रवृत्ति छ ।
आफू सरकारको प्रम हुने । सत्ताको वाँडफाँडमा सम्झौता गर्ने तर माधव नेपाल र प्रचन्डले काम गर्न दिएनन भन्ने ठूल ठूला ठेक्का पट्टामा चासो राख्ने केपी ओलीलाई परिवर्तनको स्वाद पनि थिएन । त्यसैले उनले पार्टी फुटाएर एकलोटी शासन चलाए । अहिले केपीले प्रचण्डलाई आफ्नो मतको वनाउन नपाएपछि सरकारका विरुद्ध गैर सरकारी संस्थाहरु परिचालन गर्दैछन्, पार्टीको अध्यक्ष आफै भएपनि राष्ट्रपति प्रयोग गरी संसद भंग गर्ने ओली एजेण्डाले देशमा द्धन्द्ध चर्काएको छ । आफु जनतावाट निर्वाचीत प्रधान मन्त्री भएर संघियता गणतन्त्र समावेशीताको पक्षमा सिन्को नभाँच्ने हुकाम वतास र थामसेर्कूको चिन्ता लिने ओली पथले भारतको मोदी सरकारले गरेका राम्रो कामको सिको गर्न सकेनन् । आँफू काम नगर्ने विचौलिया र दलालको सेवक वन्ने नालायकलाई जनताले दिएको झण्डै दूई तिहाईको वहुमत अवका दिनमा कल्पना गर्न सकिदैन । जसले २ तिहाई वचाएन त्यसले काम गर्न पाईन प्रचण्ड र माधवले मौका दिएनन भन्नु नै देशलाई अहिलेको अवस्थामा फसाउनु हो । कम्युनिष्टको द्धन्द्धका कारण देश विभाजित भएको हो । कम्युनिष्टले नै संघियता र गणतन्त्र विरोधी राप्रपालाई संसदमा भित्र्याएको हो । राजाको नाम भजाएर सांसदमा जित्ने पूर्व पंचहरु धर्मको एजेण्डामा डुक्रन सकेका हुन् । उनीहरुले मन्त्री पदको सपथ राष्ट्रपतिवाट लिए तर राष्ट्रपतिको निर्वाचनमा सहभागि नभएर राजनीतिमा वेईमानीता देखाए