Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। केसीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष शपथ ग्रहण गरेका हुन्।
उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरु तथा अन्य पदाधिकारीका साथै माछापुच्छ्रे बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत लगायतको उपस्थिति थियो।
बैंकको गत मंसिर ७ गते बसेको ४९१औँ सञ्चालक समितिको बैंठकले केसीलाई सञ्चालक समितिको अध्यक्षमा चयन गरेको थियो। उनी एक सफल युवा व्यवसायीको रुपमा स्थापित भई हाइड्रो, कन्स्ट्रक्सन, बैंक तथा वित्तीय संस्था एवं अन्य क्षेत्रहरुमा पनि आवद्ध रहँदै आएका छन्।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल