Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माछा मार्न गएका युवा अमेरिकामा मृत भेटिए

अमेरिका। माछा मार्न खोलामा गएका नेपाली युवाको शव भेटिएको छ । केही दिनदेखि अमेरिकाको टेक्सासमा बेपत्ता नेपाली युवकसहित दुईजना नै मृत भेटिएका हुन् । अमेरिकाको टेक्सास राज्यस्थित डालास फोर्थ वर्थमा स्थायी बसोवास भएका हिकारु गौतम नाम भएका ती युवा जुलाई ९ तरिकका दिन विहीबार आफ्ना अरु दुईजना साथीहरुसहित माछा मार्न रेड ब्लफ रोडमा अवस्थित ब्राजस रिभरबाट बनाइएको ड्याममा गएका थिए। एकजना नेपाली मुलका भुटानी र एकजना भियतनामी मुलका साथीसहित सो ठाउँमा माछा मार्न भनी गएका ती १९ बर्षीय नेपाली मुलका युवा हिकारुको शव जुलाई १२ तारिक आइतवार सोही ड्यामभित्र फेला परेको हो। स्थानीय सुरक्षाकर्मीले उनको खोजी जुलाई १० का दिन विहानैदेखि शुरु गरेको थियो। बेलुका अवेरसम्म घर नफर्किएपछि उनीहरुको खोजी गरिएको थियो। गौतमसँगै हराएका नेपाली मुलका भुटानी युवा कृशरण खत्रीको शव जुलाई ११ तारिक साँझ भेटिएको थियो। समाचारअनुसार, तीनजनामध्ये भियतनामी युवामात्रै घर फर्किएका थिए । बल्लतल्ल पौडेर निस्कन सफल भएका ती भियतनामी मुलका युवा पनि शरीरको लुगा हराएको अवस्थामा बाहिर आएको स्थानीय अमेरिकी संचारमाध्यमहरुका समाचारहरुमा उल्लेखित छ। गैरआवासीय नेपाली संघ टेक्सासका सचिव सोफिन थापाले दुई नेपाली युवाको शव ड्याममा डुबेको अवस्थामा फेला परेको बताए। उनका अनुसार, नेपाली मुलका भुटानी युवाको पोष्टमार्टम भइसकेको छ भने नेपाली मुलका युवाको पोष्टमार्टमको रिपोर्ट प्राप्त भइसकेको छैन।