Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधवतिर ओलीको निशाना

पार्टी स्थाई समितीको निर्देशन र सहमती तोडेर प्रम ओलीले ३ देशका राजदुत र ३ जना मन्त्री नियुक्ति गर्दा पाटीका समकक्षी नेताहरूलाई वास्ता गरेनन् । सम्झौता गर्ने कार्यान्ययन नगर्ने प्रम ओलीको शैली बाट उपादक्ष बामदेव गौतम हैरान भए । गौतमले पत्याउन छोडेपछि सर्वज्ञानी सर्वविज्ञ प्रमओली अर्का अक्ष्यक्ष प्रचण्डलाई वेवास्ता गदै माधव नेपालतर्फ मोडीएका छन् । पहिलैदेखि आलीको असयोग सहेका वरिष्ट नेता नेपालले मिलेर जानको निमित्त विधि र प्रकृयालाई अनुसरण गर्न आग्रह गरे पनि उनीबाट त्यो अपेक्षा गर्न सक्ने वाताबरण छैन । किनकी यतिखेर ओलीले कर्णालीमा विवाद खडा गरेर आफ्ना हनुमानहरूबाट सत्ता एकलौटी कब्जा गर्ने अभियान समेत चलाउन थालेका छन् । मान्छे उनैका भएपनि तिन राजदुत ३ मन्त्री नियुतmी गर्दा पाटी सचिवालयलाई छलफलको विषय दिलाएको भए यस्तो भद्रगोल हुने थिएन । तपाई हामी मिलौ अध्यक्षका निमित्त तयारी गर्नुस् भन्नुको आसय कार्यकारी अध्यक्ष घोषित गरिएका प्रचण्डलाई विश्वास नर्गनु हो ।

ओलीवाद प्रचण्ड र माधव तिर मात्र होइन बामदेवलाई पंगु बनाएर मात्र थाकेन ईश्वर पोखरेललाई विना विभागीय बनाउँदासमेत थाकेको छैन । उनको राष्ट्रवाद ओइलाउँदै गएको छ । भारतीय गुप्तचरका मालिक सेमन्त गोयलसँगको भेट पछि सिमा अतिक्रमण र हस्तक्षेपकारी भारतीय व्यवहार प्रति लत्रिएको छ । यस्तो देख्दादेख्दै पदका निम्ति मरिहत्ते गर्ने गृहमन्त्री रामबहादुर थापा, उधोगमन्त्री लेखराज भट्टको गुट परिवर्तनमा साथ दिँदै सांसदहरू प्रभु साह, टोपबहादुर रायमाझी र देवेन्द्र पौडेल र स्थाई सदस्य मणी थापाको ओली मोहको कारक पदिय लोप नै हुन सक्दछ । त्यसो त ऊर्जा मन्त्री बर्षमान पुन, बनमन्त्री शक्ति बस्नेतको असमक्षतामा विवादित चरित्रकी खानेपानी मन्त्री बिना मगरसमेत मोहीत नहोलिन भन्न सकिँदैन । किनकी उनीहरू दुई वर्षभन्दा बढी सत्तामा रमाएका पात्र हुन् । अध्यक्ष प्रचण्डले पुराना मन्त्री हटाउन जोड दिनुको कारण सरकारको कृयासिलता राम्रो नहुनु हो ।

अहिले सरकारको सफलता भनेको भष्ट्राचार बढाउनु हो । यो सरकारले अदालतको आदेश मान्दैन, प्रशासनिक निश्पक्षता दिँदैन गरिबको सेवा गर्दैन । लकडाउनका कारण रोजगारी गुमाएकाहरूको अवस्था बुझ्दैन, विश्व माहामारीको चपेटामा देश डुब्दा कोरोना संक्रमीतहरूको उपचारमा गम्भिरता देखाउँदैन । तर विचौलिया दलाल र कमीसन खोरहरूको हितमा काम गरेको कारण सांसदहरूले समेत सन्तुष्टि मान्ने ठाउँ छैन । कानुनसम्बत् काम नभएपछि सुसासन र सम्वृद्धि आउँछ कसरी ? जहाँ पारदर्शिता र जवाफदेहिता छैन भन्ने कुरा मन्त्रीहरूको सम्पत्ति सार्वजनिक नहुनुले छर्लग पार्दछ । एकिकृत पार्टीको मान्यता नराखेपछि अराजकता र छाडावादले टाउको उठाउँछ । यस्तै अवस्थाले नेपाली कांग्रेस थला परेको हो । यो अवस्थामा बहुमतको नाउँमा तानासाह चरित्र स्विकार्र्य हुँदैन । ओली र उनको टीममाथि यस्ता प्रश्न बामदेवले बारम्बार उठाए । तर सुनुवाई भएन ।

पार्टी विभाजनको तयारीसँगै सांसद अपहरणसम्म गर्न सक्ने सम्वृद्धि र विकासका नायक ओलीसँग अल्पमत र बहुमतको लडाई गर्नु हँुदैन । तर, उनले पनि पार्टीको विधि र प्रकृया तोड्नु हुँदैन सामन्तवादी शैलि देखाउने हैन, जुन शैलीका कारण अहिले विवाद चर्कीएको छ । यसले नेकपाको मात्र होइन बहुमत प्राप्त सरकारको नेतृव्व गर्ने प्रधानमन्त्रीको कद घटाएको छ । सुधार गर्नुपर्छ पार्टीको मुल्यमान्यता त्यागेर पदको निमित्त गलत गठबन्धन घातक सिद्ध हुनेछ । नेकपाका लागि बहुमत प्राप्त सरकार चलाउन पाउनु अवसर हो । यो अवसर यस्तै गतिविधिले आगामी दिनमा प्राप्त हुने अवस्था रहेन किनकी ओलीवाद आफ्नो गुट र भारदारी सभाका निमित्त जती सहज छ पार्टी, जनता र देशका निमित्त सहज हुन सकेन ।


सम्बन्धित समाचार