Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधवलाई उचाल्नेहरु ओलीको पेलानमा

काठमाडौं। पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई हावा भरेर पार्टी विभाजनका लागि अग्रसर गराउने नेताहरु अन्तिम समयमा माधव नेपालाई घात गर्दै संस्थापनतिर शरण लिन जाँदाको परिणाम अहिले भोगिरहेका छन् । उनीहरु अहिले त्यहाँ दोस्रो होइन तेस्रो वरियतामा परेकाछन् । उनीहरुका अगाडि पश्चापाप बाहेक केही देखिँदैन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पेलेरै शक्ति विस्तारतर्फ बढेका छन् । उनले विगतमा सहमति गरेको १० बुँदे हुबहु कार्यान्वयन नगर्ने स्पष्ट पारिसकेका छन् । विधान महाधिवेशनमा छनोट हुने प्रतिनिधिमा १० प्रतिशत मनोनितमा सबैजसो आफ्ना निकटस्थलाई पार्न खोजेका छन् । १० बुँदे कार्यान्वयन र प्रतिनिधिको विषयमा उपाध्यक्ष भीम रावलसहित विगतमा माधव नेपाल पक्षमा रहेकाहरुले प्रश्न उठाएका छन् । उनीहरुले बैठकमा एजेन्डाको रुपमा यी विषय उठाएपनि अध्यक्ष ओलीले आजको बैठकको एजेन्डा बन्न नसक्ने जवाफ दिए । उनले स्थायी कमिटीमा यी विषय उठाउन भने । त्यसपछि बैठकमा चर्काचर्की परेको थियो । ओली कुनै हालतमा रावलसहितका नेताहरुप्रति लचिलो छैनन् । उनीहरुको भूमिका आफू नेतृत्वको सरकार ढाल्न र पार्टी फुटाउनतर्फ रहेको विषय राजनीतिक प्रतिवेदनमा उल्लेख गरेका छन् ।
माफी दिएको शैलीमा विषय समावेश गरेका छन् । ओली अब यी उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत उक्त धारका नेताहरुलाई पेलेरै जाने रणनीतिमा देखिएका छन् । ओलीले १० बुँदे सहमतिका पक्षधरहरुलाई विगतमा प्रचण्डको सारथी भनेका छन् । गुटबन्दीमा लागेको आरोप लगाएका छन् । आफू नेतृत्वको सरकारलाई विस्थापित गर्न १० बुँदे सहमति गर्नेहरु लागेको आरोप लगाएका छन् ।