Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधवलाई फकाउँदै नारायणकाजी

काठमाडौं । पछिल्ले राजनीतिक परिस्थितिका कारण कांग्रेस सत्ताविमुख भएको छ। कांग्रेसमात्रै नभएर माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी पनि सरकारबाट हात धुनुपर्ने अवस्थामा पुगेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ता सहकार्यको लागि फेरि एकपटक सहमति गरेपछि माधव नेपाल सत्ता राजनीतिबाट आउट भएका हुन् । तर, ओलीसँगको छलफल र सहमतिपछि प्रधानमन्त्री प्रचण्ड माधव नेपाललाई पनि सरकारमा सहभागी गराउनेगरि मुभ भएका छन् । अहिले उनी वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपालको निवास कोटेश्वरमा पुगेका छन् । माधव नेपाल केही दिनदेखि अस्वस्थ छन् । भेटमा एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल भएको स्रोतको दाबी छ ।


सम्बन्धित समाचार