Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव नेपालको कोटरीमा भुइचालो

काठमाडौं । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीलाई पूर्णता दिएर अन्तर पार्टी निर्देशन जारी भएसँगै असन्तुष्टि चुलिएको छ । केन्द्रीय कमिटीमा केही नेताले आफ्ना मान्छे टिपेर ल्याएको र मापदण्ड तथा विधि पद्दतिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टी बढ्न थालेको हो ।
हिजो तत्कालीन नेकपा र एमालेमा केपी ओलीले विधि पद्दति र मापदण्ड नमानेको भनेर विद्रोह गरेका नेताहरूले नै नेकपा एसमा व्यक्तिवादी प्रवृति देखाएको आरोप लगाएका छन् । नेकपा एसका अन्य सबै जनवर्गीय संगठनका अध्यक्षहरु पार्टीको केन्द्रीय सदस्य मनोनित भएका छन् । तर, अनेरास्ववियूका अध्यक्षलाई भने केन्द्रीय सदस्य नबनाई उनीभन्दा जुनियर र नेताका पिएहरूलाई पार्टीको केन्द्रीय कमिटीमा मनोनित गरिएको भन्दै विरोध भएको छ ।
पराजुलीले भने आफू केन्द्रीय कमिटीमा नपरेकोमा कुनै गुनासो नरहेको तर केही नेताले माधव नेपाललाई समेत गुमराहमा राखेर केन्द्रीय सदस्यहरूको छनौट गरेको बताएका छन् । केन्द्रीय कमिटी सदस्यको चयनप्रति पार्टीका पदाधिकारीहरुले समेत असन्तुष्टी व्यक्त गरेका छन् । ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दा विधि,पद्दति र मापदण्ड नबनाइएकोमा असन्तुष्टी बढेको नेताहरूले बताएका छन् । नेकपा एसले संगठन विस्तारका लागि ३ महिने अभियान घोषणा गरेको छ । यस क्रममा एक वडा एक सय संगठित सदयस्य र एक हजार पार्टी सदस्य बनाउने अभियान सञ्चालन गर्ने भएको छ ।