Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माधव नेपाललाई फकाउन देउवा पुगे

काठमाडौं । माओवादीले धोका दिएपछि मुर्छा परेको काँग्रेस विस्तारै माओवादीलाई नै पछार्ने अभियानमा लागेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अस्वस्थ भएर घरमै आराम गरिरहेका नेपाललाई भेट्न देउवा पत्नी आरजू राणासहित नेपाल निवास कोटेश्वर पुगेका थिए । देउवाले नेपाललाई सँगै मिलेर जान आग्रह गरेका छन् । स्रोतका अनुसार देउवाले प्रधानमन्त्री पुष्पकमल दाहालले धोका दिए, अब सँगै मिलेर अगाडि जाउँ भन्ने प्रस्ताव राखेका छन् । जवाफमा नेपालले आज बस्ने सचिवालय बैठकले निर्णय गर्ने बताएका छन् । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एकीकृत समाजवादीसहितको गठबन्धन तोडेर नेकपा एमाले र रास्वपासहितको नयाँ गठबन्धन बनाएर मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नयाँ गठबन्धनमा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई पनि सामेल गराउन एमाले र माओवादीका शीर्ष नेताहरु सक्रिय भएको बेला देउवाले नेपाललाई भेटेका हुन् । कांग्रेसले माधव नेपाललाई नयाँ गठबन्धनमा जानबाट रोक्ने प्रयासमा रहेको बुझिएको छ । हाल गठबन्धनमा एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा गरी चार दल मात्र छन्। तर माधव नेपाललाई पनि यसमा सामेल गराउन प्रचण्ड र ओली यसअघि नै कोटेश्वर पुगेर छलफल गरिसकेका छन्। सोमबार नै प्रधानमन्त्री प्रचण्डले पुराना सबै मन्त्रीलाई बिदा गर्दै नयाँ ३ मन्त्री नियुक्ति गरी मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका छन्। जसमा एमालेबाट पदम गिरी, रास्वपाबाट डीपी अर्याल र माओवादी केन्द्रबाट हितबहादुर तामाङ मन्त्री बनेका छन्। तर उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ।


सम्बन्धित समाचार