Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । मधेशको साहुकर र पहाडको जाली फटाहा भन्दा व्यवहारमा कम नभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ता गठबन्धनमा घुसेर माओवादी, जसपा र एकीकृत समाजवादीलाई छिन्नभिन्न बनाउने मन थियो । सम्झौता गर्ने कार्यान्वयन नगर्ने बेइमानी नेता कोही छ भने अहिले केपी ओली छन् । उनकै कारण नेकपा फुट्यो, कम्युनिष्ट नेतृत्वको सरकार मुलुकले गुमायो । संविधान र संसदको कुनै मर्यादा भएन । काँग्रसका डा. शेखर गुटले भएसम्म गर्दै थियो । पार्टीका ४० प्रतिशतको हकदार यो समूूहलाई केपीले प्रधानमन्त्री दिने आश्वासन दिँदा चार हात उफ्रेर कोशीमा विद्रोह गरेको थियो । कोशीकै देखा सिकी बागमतीमा गर्ने योजना सफल भएन । डा. शेखर गुटले कोशीमा मुख्यमन्त्री लिएर शासक भए पनि सरकारलाई पूर्णता दिएको छैन । राष्ट्रियसभामा यो समूह ले चार सीट माग्दा ३ सिट पाएको छ । तर विवाद गर्न छाडेको छैन । यो समूहले एमालेका केपी ओलीलाई राष्ट्रियसभामा प्रवेश गराउन चाहेको हो । तर ओलीबाट धोका खाएका उपेन्द्र यादव र माधव नेपालले नै छेकेका हुन् । ओलीले संसदको सार्वजनिक लेखा समिति बाहेक अन्य २ वटा समिति लिँदा टिआरसी विधेयकलाई सघाउने भनेका थिए । पछिल्ल्लो पटक राष्ट्रियसभाका छ सिट लिन पनि त्यही टिआरसी विधेयकलाई पासो थापेका थिए । ओलीको बेइमानी बुझेका एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले असहमति जनाएका कारण एमालेको घुसपैठ रोकिएको हो । अहिले पदकै लागि सौदाबाजी गर्ने ओली सिद्धान्तको ढोका बन्द गरिएको छ । प्रधानन्त्री पुष्पकमल दाहालाई जसरी पनि घेरामा पार्ने दाउमा केपी ओली छन् ।
संक्रमणकालिलन न्याया सम्बन्धी कानुनको सीमा कति हो ? देशमा दर्जनौ समस्या छन् । मिटर ब्याज, नक्कली भुटानी शरणार्थी प्रकरण, बालुवाटार काण्ड, शहकारी ठगी, वन उभपोक्ता समिति जस्ता विवादमा एमालेका नेता कार्यकर्ता सहभागी छन् । आफ्ना मान्छेको अपराधमा चासो नदिने एमालेका अध्यक्ष ओलीको योजनामा सरकारको सहभागिता रोक्नु जरुरी थियो । माधव नेपालले आफ्नै पार्टीभित्र जस भन्दा अपजस सहेका छन् । किसान श्रेष्ठ, प्रेम आले, राजेन्द्र पाण्डे जस्तालाई मन्त्री चाहिएको छ । असफल भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाबाट काम भएन भन्ने कुरा जनताले छर्लङ्ग बुझ्यो । तर माधवको पार्टीले बुझेन ।
पार्टी फुट्यो, नेता केन्द्रमुखी भए । टिकट जसले पाए तिनले आफू बाहेक अरुलाई सघाएनन् । माओवादीले इमान्दारपूर्वक काँध थाप्यो तर पार्टी अध्यक्ष नेपाललाई जनताको बहुदलीय जनवाद त्याग्न मन छैन । वरिष्ठ नेता झलनाथ जबज त्यागेर समाजवाद भन्छन् । केपी ओलीको दाश नबन्ने नेता वामदेव समेत एकीकृत समाजवादीमा आएका छैनन् । जिल्ला नजाने, संगठन बनाउन नपर्ने तर भाग माओवादीको बुई चढेर ठूलै खोज्ने प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहारबाट तर्सने माधव नेपालकै शैली पनि प्रवृत्ति बनेको छ ।
नेकपा एकीकृतले विचार मिल्नेसँग एकता नगरी संगठनको अस्तित्व जोगाउन कठिन छ । समाजवादी सिद्धान्त अनुसार पार्टी चलेको छैन । जनताका आधारभूत आवश्यकता जोड दिएको छैन । संसद विकास कोषको नाममा छुट्याइएको ५ करोड हामी लिन्नौं भन्न एकीकृत समाजवादीले पनि सकेन । नाम समाजवादी काम एमालेको ओली पथको नछाड्ने भएपछि त्यो पार्टी कसरी राष्ट्रिय बन्छ ? आफ्नो पार्टीले जितेका स्थानीय तहमै अरुभन्दा फरक पन दिएको भए माधव नेपालको नेतृत्व क्षमता देखिन्थ्यो । उनकै छत्रछायाँमा एमालेको केन्द्रीय सदस्य र पार्टी सचिवसम्म भएका १२ भाईको विजोग देखिएकै छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल