Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

माफियाको घेरामा सरकार

काठमाडौं । नेपालको उत्पादन होइन । सरकारी तहले मात्रै गर्न सक्दैन । नेपाल प्रहरी, सशस्ब प्रहरीको प्रदेश प्रमुखहरूलाई राम्रै भाग पर्छ । त्यही कारण डा. आरजु राणादेखि अर्थमन्त्री डा. प्रकाशरण महतसम्मको भाग्य खुल्छ । आफू शासक नभएको बेला एमाले अध्यक्ष केपी ओलीले अर्ब खाँदा भागमा ५० करोड पाएकी डा. आरजु राणाले यस पटक कति खालिन् ? किनकि अर्थमन्त्री डा. प्रकाशशरण उनकै दलाल हुन् ।
सुपारीको व्यापार गर्ने प्रदीप पुरारका, गोविन्द सरिया, पशुपति पोखरेल, दिनेश त्रिपाठी, कमल किशोर मालपानीको समूहले राजपत्रमा सूचना निकाल्न लगायो । केपी ओली शासक छँदा यो टोलीले २५ हजार टन सुपारी र ६ सय टन पोष्टदाना भारत निकासी गरायो । मेडिकल माफिया दुर्गा प्रसाईले बताएअनुसार त्यो बेला केपी र आरजुले १ अर्ब ४० करोड खाँदा पनि सरिया, पोखरेल र राठीले ५६२ करोड अर्थात् ५ अर्ब ६२ करोड नाफा निकालेका थिए । त्यो पर्दाफास पारेबापत मारवाडी सेवा समितिका महासचिव चतुर्भुज सारियाले दुर्गाविरुद्ध साइबर ब्युरोमा उजुरी दिएका थिए । १६ भाई मारवाडीको कब्जामा अधिकांश बैङ्क छन् ।
बैङ्कले कमाएका पछि छन्, नाफामा चलेका पनि छन् । तर ऋणी डुब्ने व्याज महंगो बनाउने, धितो कब्जा गर्ने अधियान नै चलेको छ । प्रसाई आफैं बैङ्कको ५ अर्ब ऋण तिर्न आलटाल गर्ने डन हुन् । तर यिनले देशकोे सम्पत्ति विदेश लैजाँदैनन् । मारवाडी वर्ग देश लुट्नेमा परेका छन् । तस्करी तन्त्रमा यही समूह छ । राजश्व छल्ने विनोद चोधरी नै काँग्रेसी नेता र सांसद छन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैं तिहारमा चिनीको हाहाकार गरायो । मारवाडी समुदायको कब्जामा भएको चिनी सरकारले बाहिर ल्याउन सकेन । चिनी आयात गर्न अर्थमा पुगेको पत्र बेपत्ता बनाइयो । केपी ओलीले आफ्नै पालाको दु्खेसो पोखे । आफ्नै देशको उत्पादनमा पुग नपुग खरिदका लागि खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङलाई सरकारले अगाडि सार्छ । तर उदोगको पत्र अर्थमा बेपत्ता पारेर मन्त्रीहरू घुस खान्छन् ।
उद्योगमन्त्री रमेश रिजाल अर्थमन्त्री डा. प्रकाशशरण महत दुवै सभापति शेरबहादुर देउवाका विश्वासी हुन् । यिनले महारानी डा. आरजुको सेवा गर्छन्, जनताको सेवा गर्दैनन् भन्ने कुरा यी दुवैको एक वर्षे असक्षम कार्यकाल हो । कम्युनिष्टको सरकार छ, कम्युनिष्ट नै प्रतिपक्षी छ । जनता सताउन कर थपेको छ । नालायक नेतृत्वले प्रगतिशिल कर प्रणाली लागू गरेन । भारतमा २ लाख पर्ने मोटरसाइकल नेपालमा ६ लाख पर्छ । बैङ्कर तथा व्यापारी सांसद भएका छन् । अर्थशास्त्री, कानुनविद तिनकै छन् । जनता ठग्ने नेता मोटाउने अभियान चलेको लोकतन्त्रमा बदनामी नपढेका नेताको भएको छ । खाद्यान्न हाहाकार, चिनीको हाहाकार, बेरोजगारी र अशिक्षाले देश भयावह भएको छ । जो पढेको छैन ऊ पढेको बौद्धिक वर्गलाई दाश बनाउँछ । यसको नमूना एमालेका केपी ओली र रास्वपाका रवि लामिछाने हुन् ।


सम्बन्धित समाचार