Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मालपोत अधिकृतत्रयसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयो अनुसन्धान आयोगले मालपोत कार्यालय वीरगञ्जका तीन जना मालपोत अधिकृतसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले मालपोत अधिकृतत्रय हरिनारायण मिश्र, सनदकुमार द्वीवेदी ब्रह्मण, चन्द्रबहादुर भण्डारी, कम्प्युटर अधिकृत कमोद तिवारी, नासुद्वय रामेश्वर प्रसाद साह र लेखनाथ भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मालपोत कार्यालय, वीरगंजको रजिष्ट्रेशन फाँट क र ग बाट रजिष्ट्रेशन पास गर्दा लिखतहरुमा घरबाटो सिफारिस विना न्यूनतम मूल्याङ्‍कनभन्दा कम मूल्य राखी राजस्व हिनामिना हुने गरी ब्यक्तिगत लाभ लिई लिखत पारित गरेको आरोपमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।