Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मिटरब्याज पीडितहरुको माग सम्बोधन नगरे संसद् चल्न नदिन लिङ्देनको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र लिङ्देनले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरे संसद् चल्न नदिने बताएका छन् । आइतबार मिटरब्याज पीडितहरुको आन्दोलनमा समर्थन जनाउन पुगेका लिङ्देनले यस्तो उद्घोष गरेका हुन् । सरकार ‘पीडितहरुको बोलिदिने कोही छैन, दुईरचार दिन कराउँछन्, जान्छन्’ भन्ने हिसाबले बसिरहेको उनले बताए । नेता लिङ्देनले आफू भुँइ मान्छे भएकाले पीडितहरुको कुरा बुझ्न सक्ने बताए । उनले पीडितको पीडा राप्रपाले राम्रोसँग अनुभूति गरेको उनको भनाइ छ । मिटरब्याज देशको साझा समस्या भएको उनको भनाइ छ । राप्रपाले मिटरब्याज पीडितहरुको माग र आन्दोलनलाई एकदमै नजिकबाट हेरिराखेको उनले बताए । आफूहरुले मिटरब्याज पीडितहरुको मागप्रति संसद्मा पनि ऐक्यवद्धता जनाएको विधेयक पास गर्नसमेत सहयोग गरेको अध्यक्ष लिङ्देनले बताए । विधेयक पास भएपछि समस्या समाधान हुनुभन्दा पीडितहरु झनै प्रताडित हुने अवस्था सिर्जना भएको उनको भनाइ छ । गएको संसदमा हामीले तपाईँहरुको आन्दोलनप्रति ऐक्यवद्धता पनि व्यक्त गर्यौं । सरकारलाई न्यायका निम्ति माग पनि गर्यौं । छिटोभन्दा छिटो मिटरब्याज पीडित सम्बन्धि विधेयक पास गर्न पनि सरकारलाई सहयोग गर्यौं, अध्यक्ष लिङ्देनले भने । लिङ्देनसँगै राप्रपाका अन्य सांसद्हरु रोशन कार्की, धवल शमशेर जबरा, दीपक बहादुर सिंह, विना लामा, अनिशा नेपालीलगायतले मिटरब्याज पीडितहरुको प्रदर्शनस्थलमा पुगेर ऐक्यवद्धता जाहेर गरेका छन् । मिटरब्याज पीडितहरु गत बुधबार २३ दिन पैदल हिँडेर काठमाडौं केन्द्रीत आन्दोलनमा आइपुगेका थिए । उनीहरुको आन्दोलनमा नेकपा ९एकीकृत समाजवादी० का सम्मानित नेता झलनाथ खनालले पनि प्रदर्शनस्थल पुगेर ऐक्यवद्धता जनाएका छन् ।