Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

मिश्रलाई कारबाही गर्न लेखा समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाको अडियो रेकर्ड गरेका विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ । समितिले बिहीबार नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेखेर यस्तो निर्देशन दिएको हो । लेखा समितिका सदस्यहरूको चरित्र हत्या गरेको भन्दै समितिले कारबाही गर्न पत्राचार गरेको हो । ‘एउटा अनलाइन मिडियामा दिएको अन्तर्वार्तामार्फत हाम्रो चरित्र हत्या गरेकाले मिश्रलाई कारबाही गर्न निर्देशन दिएका हौं’ समितिका सदस्य सूर्य पाठकले बताए।
फेसबुकमा जथाभावी लेखेको भन्दै समितिले प्रभात किशोर उपाध्यायलाई पनि कारबाहीको माग गरेका छन् । उनले समितिका सदस्यहरूकोे तस्वीर राखेर ‘४ अर्ब खाएर जर्मन कम्पनीलाई ठेक्का दिन लागेको’ स्टाटस लेखेका थिए । समितिले मिश्र र उपाध्याय दुबैलाई कारबाही गरेर प्रतिवेदन बुझाउन समेत निर्देशन दिएको छ ।


सम्बन्धित समाचार

मदिराले मातेका बाबुले गरे छोराको हत्या

२०८१ आश्विन १९

ताजा नेपाल

कर्तव्य नभुलेको रविको घोषणा

२०८१ आश्विन १९

ताजा नेपाल